मोदीको पहिलो निर्णय- किसानलाई २० हजार करोड दिने « Khabarhub

मोदीको पहिलो निर्णय- किसानलाई २० हजार करोड दिने


२८ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार प्रधानमन्त्रीको सपथ लिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार बिहान आफ्नो तेस्रो कार्यकाल सम्हालेका छन् ।

साउथ ब्लकस्थित आफ्नो कार्यालय पुगेर मोदीले आफ्नो तेस्रो कार्यकालको सुरुवातमा किसानका लागि दिने किसान निधी अन्तर्गतको रकम दिने निर्णयमा हस्ताक्षर गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

मोदीले किसान निधिको २० हजार करोड रुपैयाँ भारतका ९.३ करोड किसानलाई वितरण गर्ने निर्णय गरेका छन् । मोदी सरकारको तेस्रो कार्यकालको पहिलो मन्त्रिपरिषद् बैठक पनि आज बस्दैछ । 

सरकारले मन्त्रिपरिषद् बैठकमा पनि केही ठूला निर्णय गर्न सक्ने विश्वास गरिएको छ । सरकारले मन्त्रिपरिषद् बैठकअघि सबै मन्त्रीलाई मन्त्रालय बाँडफाँड गर्ने बताइएको छ ।

आइतबार मोदीसहित ३० क्याबिनेट मन्त्री र ४१ राज्यमन्त्रीसहित ७२ जनाले शपथ लिएका थिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  १ : १० बजे

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको माग

एजेन्सी – संयुक्त राष्ट्रसङ्घको महासभाले क्युबामाथि अमेरिकाले लगाउँदै आएको आर्थिक,

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट

एजेन्सी– इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस