डुब्‍न जोगिने उपाय सिकाउन सेतीमा पसेका सशस्त्रका जवानले गुमाए ज्यान « Khabarhub

डुब्‍न जोगिने उपाय सिकाउन सेतीमा पसेका सशस्त्रका जवानले गुमाए ज्यान


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


65.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अरुलाई आकस्मिक रुपमा डुब्नबाट जोगिने उपाय सिकाउन सेती नदीमा पसेका सशस्त्र प्रहरीका एकजना जवानले ज्या गुमाएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समिति बझाङको आयोजनामा बाढी र त्यको क्षति न्यूनीकरणका लागि सेती नदीमा भएको कृत्रिम अभ्यासका क्रममा डुबेर सशस्त्रका जवानले ज्यान गुमाएका हुन् ।

सोमबार सेती नदीमा डुबेर जवान बझाङकै केदारस्युँ गाउँपालिका–७ खिकीरीका २९ वर्षीय सशस्त्र प्रहरी जवान नरेन्द्रसिंह धामीले ज्यान गुमाएका हुन्। सेतीमा डुबेपछि बेहोस अवस्थामा उद्धार गरिएका उनको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका अधिकारीसहित जवानले सेती नदीमा संयुक्त अभ्यास गरेर देखाउने तयारी थियो ।

उक्त अभ्यास हेर्न प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेल पनि पुगेका थिए । अभ्यास देखाउन विद्यालय र क्याम्पसका विद्यार्थी पनि ल्याइएको थियो । स्थानयीबासीसहित अभ्यासस्थलमा सयौँ जम्मा भएका थिए ।

सोमबार बिहान साढे ९ बजे सेतीको भोपुर दरबार र चैनपुर साना सहरी खानेपानी आयोजनाको ट्यांकीनजिक भइरहेकफ उक्त अभ्यास सुरु भएको केही मिनेटमै डुबेर धामीको मृत्यु भएको हो ।

अभ्यासका क्रममा सशस्त्रका जवान डुबेको खबरले त्यहाँ खैलाबैला मच्चियो । नदीमा डुबेका धामीलाई स्ट्रेक्चरमा राखेर निकाले । अभ्यास सुरु भएको केही बेरमै डुबेका धामीलाई तत्कालै निकाल्न नसक्दा उनको ज्यान गएको हो ।

नदीबाट उद्धार गरेर निकाल्दा सशस्त्रका जवान धामी बेहोस अवस्थामा थिए भने उनको शरीर पनि पहेँलो देखिएको थियो । तत्कालै अस्पताल लगिए पनि उनलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

धामी विपद् व्यवस्थापनसम्बन्धी तालिम प्राप्त सशस्त्रका जवान थिए । तर तालिमप्राप्त उनै कसरी डुबे भन्ने खुलेको छैन । उनका श्रीमती र दुई छोरा छन् ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  १ : २९ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका