फ्रान्समा मध्यावधि निर्वाचनको घोषणा « Khabarhub

फ्रान्समा मध्यावधि निर्वाचनको घोषणा


२८ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपेली सङ्घ (ईयू) को चुनावमा अति राष्ट्रवादी (दक्षिणपन्थी) समूहको विजयले फ्रान्समा आइतबार राजनीतिक भुइँचालो निम्त्याएको छ । 

निर्वाचनसँगै राष्ट्रपति इमानुएल म्याक्रोँले उच्च जोखिमको कदमको संज्ञा दिएको विधायिकाको मध्यावधि निर्वाचनको घोषणा गरेको छ । 

मध्यमार्गी मूलधारका दलहरूले युरोपेली संसद्मा समग्र बहुमत कायम राखेपनि समग्र परिणाममा अति दक्षिणपन्थी दलहरूको सुधार देखिएपछि ईयूको राजनीति तरङ्गित भएको छ । 

अति राष्ट्रवादी समूह फ्रान्स, इटाली र अष्ट्रियामा पहिलो तथा जर्मनी र नेदरल्याण्ड्समा दोस्रो भएको प्रारम्भिक नतिजाले देखाएको छ ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले भनिन्, ‘हामी बायाँ र दायाँबाट अतिवादीहरूको विरुद्धमा किल्ला निर्माण गर्नेछौं ।’

७२० सदस्यीय व्यवस्थापिकाको निर्वाचनका लागि २७ देशका ३६ करोडभन्दा बढी युरोपेलीले मतदान गरेका थिए ।

ईयूको अर्को संसद् र आयोगले युक्रेनमा रूसको जारी युद्ध, अमेरिका–चीन प्रतिद्वन्द्विताका कारण विश्वव्यापी व्यापार तनाव, जलवायु परिवर्तनको सङ्कटकालीन अवस्था र ‘विघटनकारी’ नयाँ डोनाल्ड ट्रम्पको राष्ट्रपतिको सम्भावनाको सामना गर्नुपर्नेछ ।

इयूका नेताहरूले जुन २७ देखि २८ सम्म हुने शिखर सम्मेलनअघि जुन १७ देखि नै उनको नाम लिने वा अर्को विकल्प रोज्ने भन्नेबारे निर्णय गर्न थाल्नेछन् ।

यद्यपि, फ्रान्समा मरिन ले पेनको दक्षिणपन्थी नेसनल र्‍याली (आरएन) पार्टीको शानदार जितले माक्रोँलाई यति ठूलो झट्का दियो कि उनले पेरिस ओलम्पिकको एक महिना अघि जुन ३० का लागि राष्ट्रिय विधायिकाको चुनावको आह्वान गरे। 

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ४ : ०३ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर