फ्रान्समा मध्यावधि निर्वाचनको घोषणा « Khabarhub

फ्रान्समा मध्यावधि निर्वाचनको घोषणा


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपेली सङ्घ (ईयू) को चुनावमा अति राष्ट्रवादी (दक्षिणपन्थी) समूहको विजयले फ्रान्समा आइतबार राजनीतिक भुइँचालो निम्त्याएको छ । 

निर्वाचनसँगै राष्ट्रपति इमानुएल म्याक्रोँले उच्च जोखिमको कदमको संज्ञा दिएको विधायिकाको मध्यावधि निर्वाचनको घोषणा गरेको छ । 

मध्यमार्गी मूलधारका दलहरूले युरोपेली संसद्मा समग्र बहुमत कायम राखेपनि समग्र परिणाममा अति दक्षिणपन्थी दलहरूको सुधार देखिएपछि ईयूको राजनीति तरङ्गित भएको छ । 

अति राष्ट्रवादी समूह फ्रान्स, इटाली र अष्ट्रियामा पहिलो तथा जर्मनी र नेदरल्याण्ड्समा दोस्रो भएको प्रारम्भिक नतिजाले देखाएको छ ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले भनिन्, ‘हामी बायाँ र दायाँबाट अतिवादीहरूको विरुद्धमा किल्ला निर्माण गर्नेछौं ।’

७२० सदस्यीय व्यवस्थापिकाको निर्वाचनका लागि २७ देशका ३६ करोडभन्दा बढी युरोपेलीले मतदान गरेका थिए ।

ईयूको अर्को संसद् र आयोगले युक्रेनमा रूसको जारी युद्ध, अमेरिका–चीन प्रतिद्वन्द्विताका कारण विश्वव्यापी व्यापार तनाव, जलवायु परिवर्तनको सङ्कटकालीन अवस्था र ‘विघटनकारी’ नयाँ डोनाल्ड ट्रम्पको राष्ट्रपतिको सम्भावनाको सामना गर्नुपर्नेछ ।

इयूका नेताहरूले जुन २७ देखि २८ सम्म हुने शिखर सम्मेलनअघि जुन १७ देखि नै उनको नाम लिने वा अर्को विकल्प रोज्ने भन्नेबारे निर्णय गर्न थाल्नेछन् ।

यद्यपि, फ्रान्समा मरिन ले पेनको दक्षिणपन्थी नेसनल र्‍याली (आरएन) पार्टीको शानदार जितले माक्रोँलाई यति ठूलो झट्का दियो कि उनले पेरिस ओलम्पिकको एक महिना अघि जुन ३० का लागि राष्ट्रिय विधायिकाको चुनावको आह्वान गरे। 

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ४ : ०३ बजे

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको