सेञ्चुरी बैंकका तत्कालीन अध्यक्षसहित ८ जना पक्राउ « Khabarhub

सेञ्चुरी बैंकका तत्कालीन अध्यक्षसहित ८ जना पक्राउ


२८ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेञ्चुरी कमर्सियलका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ गरेका छन् ।

बैंकको ऋण प्रवाहका क्रममा अनियमितता गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो।

श्रेष्ठसहित ८ जनालाई नियन्त्रणमा लिइएको सिआइबीका एसपी होविन्द्र बोगटीले खबरहबलाई  जानकारी दिए।

ठगीको मुद्दामा अनुसन्धान गर्न सीआईबीले अध्यक्ष श्रेष्ठसँगै सुनिलकुमार न्यौपाने, प्रा.डा. गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाललाई पक्राउ गरेको हो ।

धितो मूल्यांकनभन्दा बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरेको हो । यसअघि यही प्रकरणमा सेञ्चुरीका तत्कालीन प्रमुख कार्यकारी अधिकृतसहितका कर्मचारी पक्राउ परेका थिए ।

यसअघि २०८० फागुनमा सेञ्चुरी बैंकमाका तत्कालीन प्रमुख कार्यकारी अधिकृतद्वय मनोज न्यौपाने र तुलसी गौतमसहित १० जना कर्मचारीलाई सीआईबीले पक्राउ गरेको थियो । उनीहरू केही समयमा हाजिर जमानीमा छुटेका थिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ४ : २४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको