सेञ्चुरी बैंकका तत्कालीन अध्यक्षसहित ८ जना पक्राउ « Khabarhub

सेञ्चुरी बैंकका तत्कालीन अध्यक्षसहित ८ जना पक्राउ


२८ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेञ्चुरी कमर्सियलका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ गरेका छन् ।

बैंकको ऋण प्रवाहका क्रममा अनियमितता गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो।

श्रेष्ठसहित ८ जनालाई नियन्त्रणमा लिइएको सिआइबीका एसपी होविन्द्र बोगटीले खबरहबलाई  जानकारी दिए।

ठगीको मुद्दामा अनुसन्धान गर्न सीआईबीले अध्यक्ष श्रेष्ठसँगै सुनिलकुमार न्यौपाने, प्रा.डा. गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाललाई पक्राउ गरेको हो ।

धितो मूल्यांकनभन्दा बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरेको हो । यसअघि यही प्रकरणमा सेञ्चुरीका तत्कालीन प्रमुख कार्यकारी अधिकृतसहितका कर्मचारी पक्राउ परेका थिए ।

यसअघि २०८० फागुनमा सेञ्चुरी बैंकमाका तत्कालीन प्रमुख कार्यकारी अधिकृतद्वय मनोज न्यौपाने र तुलसी गौतमसहित १० जना कर्मचारीलाई सीआईबीले पक्राउ गरेको थियो । उनीहरू केही समयमा हाजिर जमानीमा छुटेका थिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ४ : २४ बजे

कुलेखानी जलाशय भरिँदै, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध

हेटौँडा– लगातारको वर्षाले कुलेखानी जलाशय भरिन लागेसँगै तल्लो तटीय क्षेत्रका

अविरल वर्षाले जनजीवन प्रभावित

काठमाडौँ– बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले काठमाडौँ उपत्यकासहित देशका

वर्षाले पर्यटकीय गतिविधि प्रभावित

गण्डकी– प्रतिकूल मौसमका कारण पोखरासहितका क्षेत्रमा पर्यटकीय गतिविधि प्रभावित बनेको

कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिने

काठमाडौँ– २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक