भारतमा भित्रियो ८० अर्ब ९० करोड प्रत्यक्ष वैदेशिक लगानी « Khabarhub

भारतमा भित्रियो ८० अर्ब ९० करोड प्रत्यक्ष वैदेशिक लगानी


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आर्थिक वर्ष सन् २०२३–२४ मा भारतमा ७० अर्ब ९० करोड डलर बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार भारतमा गत वर्षको अक्टोबर महिनामा ६ अर्ब डलर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । 

त्यसैगरी, यसै वर्षको जनवरी महिनामा ५ अर्ब ९० करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको भारतीय आर्थिक अनलाइन इकोनोमिक टाइम्सले जनाएको छ । आर्थिक वर्ष २०२३-२४ मा निर्माणको क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी दोब्बरले बढेको छ ।

सन् २००० अप्रिलदेखि २०२४ मार्चसम्म भारतमा ९ खर्ब ९० अर्ब प्रत्यक्ष लगानी भित्रिएको छ । यो अवधिमा भारतमा सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी मौरिससबाट भित्रिएको छ । मौरिससबाट प्रत्यक्ष वैदेशिक लगानीको २५ प्रतिशत भित्रिएको जनाइएको छ । त्यसपछि सिंगापुरबाट २४ प्रतिशत भित्रिएको छ । 

अमेरिकाबाट भारतमा १० प्रतिशत, नेदरल्याण्ड्सबाट ७ प्रतिशत र जापानबाट ६ प्रतिशत लगानी भित्रिएको छ ।

आर्थिक वर्ष २०२३–२४ मा भारतको महाराष्ट्र राज्यमा सबैभन्दा धेरै ३० प्रतिशत लगानी भित्रिएको छ । त्यसपछि कर्णाटक मा २२ प्रतिशत र गुजरातमा १७ प्रतिशत प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ५ : ०३ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा