माधव नेपालको अपिल- समाजवादी शक्तिहरू एक ठाउँमा उभिऔँ « Khabarhub

माधव नेपालको अपिल- समाजवादी शक्तिहरू एक ठाउँमा उभिऔँ


२८ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी शक्तिहरूलाई एक ठाउँमा उभिन अपिल गरेका छन् ।

जसपा नेपाल पार्टी विभाजन भएपछि समाजवादी मोर्चा शिथिल परेको समयमा पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले समाजवादी शक्तिहरूलाई एक ठाउँमा उभिन अपिल गरेका हुन् ।

जसपा नेपालको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपालले मुलुकमा देखिएका अवरोधहरूलाई हटाउन समाजवादी शक्तिहरूलाई एक ठाउँमा उभिन आवश्यक रहेको बताए ।

‘उपेन्द्रजी र हामी केही दिन अगाडीसम्म केन्द्र र प्रदेश सरकारमा सँगै थियौँ, उनले भने ‘समाजवादी मोर्चामा पनि सँगै काम गर्‍यौँ, विचार र मन मिलेको छ भने एक साथ मिलेर अगाडी बढौँ, समाजवादको ध्येय पूरा गरौँ ।’

उनले जसपा नेपाल पछिल्लो समय चुनौतीको सामना गरिरहेको बताउँदै जसपा नेपालले यी चुनौती तथा बाधाहरूलाई पार गर्दै अगाडी बढ्ने विश्वास व्यक्त गरे ।

जसरी उपेन्द्रजी ले चुनौतीको सामना गर्दा खुट्टा कमाउनु भएन र मधेस आन्दोलनको अगुवाइ गर्नुभयो त्यसरी नै जसपा नेपालका नेता कार्यकर्ताहरू समेत विचलित नहुने उनले बताए ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ५ : ०३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया