गण्डकीमा ‘फ्लोर क्रस’ले जोगायो कांग्रेसको सरकार, राप्रपा र मनाङेको पनि साथ « Khabarhub

गण्डकीमा ‘फ्लोर क्रस’ले जोगायो कांग्रेसको सरकार, राप्रपा र मनाङेको पनि साथ


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


16.1k
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।

सर्वोच्च अदालतको परमादेशबमोजिम जेठ १६ मा मुख्यमन्त्री नियुक्त पाण्डेले सोमबारको प्रदेशसभा बैठकमा विश्वासको मत पाए ।

६० सदस्यीय प्रदेश सभामा पाण्डेले विश्वासको मत प्राप्त गर्न ३१ मत आवश्यक पर्थ्यो । तर ५९ जना उपस्थित प्रदेशसभामा पाण्डेका पक्षमा ३१ मत खस्यो ।

पाण्डेको सत्ता टिकाउन यस पटक राष्ट्रिय प्रजातन्त्र पार्टीले कोल्टे फेर्‍यो । २०७९ पुसमा बनेको एमाले र माओवादीसहितको केन्द्रीय गठबन्धनमा जोडिएको राष्ट्रिय प्रजातन्त्र पार्टी २०८० फागुन २१ गते नजोडिएको नतिजा सोमबार गण्डकीमा देखियो । जहाँ राप्रपाले घोषणा गरेर नै पाण्डेको पक्षमा २ सांसदलाई मतदान गर्न लगायो ।

अर्कातिर मनाङबाट निर्वाचित दीपक मनाङे उर्फ राजीव गुरुङले फेरि एक पटक कोल्टे फेरे । सर्वोच्चले असंवैधानिक घोषणा गरेको खगराज अधिकारीको सरकारमा मन्त्री रहेका मनाङे यस पटक कांग्रेसतिर फर्किँदै पाण्डेलाई साथ दिए।

अर्को रोचक त के भयो भने २०७९ को प्रदेशसभा निर्वाचनमा गोरखाबाट नेकपा माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडाबाट उठेका फणिन्द्र देवकोटाले ‘फ्लोर क्रस’नै गरे।

माओ‌वादी संसदीय दलका सदस्य रहेका उनी व्यवहारत: डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीमा छन् । तर उनले माओवादी संसदीय दलको ह्विप उलंघन गर्दै कांग्रेसका पाण्डेको पक्षमा मतदान गरिदिँदा बहुमत अर्थात् ३१ सांसद पुगे ।

संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री बनेका पाण्डेसँग कांग्रेसका २७ सांसदको मात्रै समर्थन थियो । तर संसदीय राजनीतिमा अब्बल सावित हुँदै उनले राप्रपाका २, माओवादी संसदीय दलका सदस्य फणिन्द्र देवकोटा र दीपक मनाङेलाई पनि आफूतिर तानेर बहुमत जुटाए ।

६० सदस्यीय सदनमा विश्वासको मतका लागि ३१ सांसदको समर्थन चाहिन्थियो । त्यसका लागि सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीका २, स्वतन्त्र सांसद १ र अर्का १ सांसदको पनि समर्थन जुटाउनुपर्थ्यो। त्यो रणनीतिमा उनी सफल भए । आफ्नो दलबाहिरका ४ मत पनि उनले आफ्नोतिर तानेर सरकार टिकाउन सफल भए ।

असार १ गते बजेट ल्याउनैपर्ने बाध्यता थियो । त्यसअघि नीति तथा कार्यक्रम पेश गरी पारित गर्न विश्वासको मत लिनैपर्ने बाध्यता थियो ।

पाण्डे नेतृत्वको सरकारले विश्वासको मत नपाए मुख्यमन्त्री पाण्डे पदमुक्त हुने थिए । त्यसपछि गण्डकीमा संविधानको धारा १६८ को (५) बमोजिम सरकार बन्ने अवस्था आउँथ्यो । तर पाण्डेले सत्ता राजनीतिको खेलमा माओवादी र एमालेलाई जिल्याइदिए ।

राप्रपाले मत दिन तयार भएपछि स्वतन्त्र सांसद दीपक मनाङे पनि पाण्डेको पक्षमा उभिए । राप्रपाले मत दिने निर्णय लिएपछि मनाङेले मत दिए । मुख्यमन्त्री पाण्डेलाई अपेक्षाअनुसार माओवादी केन्द्रको चुनावचिह्नबाट विजयी भएका फणीन्द्र देवकोटाको मत पनि खस्यो । उनले ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिए।

देवकोटाले आफू माओवादीको संसदीय दलमा नरहेको बताउने गरेका छन् । उनले नेसपाकै प्रदेशसभा सदस्यका रुपमा मत दिएको बताएका छन् । उनले फ्लोर क्रस गरिदिँदा संविधानको धारा १६८ (३) बमोजिम सर्वोच्चको आदेशमा मुख्यमन्त्री बनेका पाण्डेको कुर्सी अब सुरक्षित भएको छ ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ५ : १७ बजे

आइतबारसम्म सम्झौता नभए आन्दोलन गर्छौं : दुर्गा प्रसाईं

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक

निकोलस भुसाल र हरिश विष्टको जीवनरक्षा गरियोस् : राष्ट्रिय मानव अधिकार आयोग

काठमाडौं– विगत १० दिनदेखि काठमाडौंको माइतीघरमा आमरण अनशनमा रहेका डा.

भोटखोलास्थित सीमा स्तम्भ निरीक्षण

किमाथांका – सङ्खुवासभाको जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१, किमाथांका नाकास्थित

सुदूरपश्चिम प्रदेशसभा : दलित सशक्तीकरण विधेयकमाथि छलफल

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘दलित सशक्तीकरण ऐन २०७८ लाई

गगन–विश्वले पुस २७ र २८ मा विशेष महाधिवेशन गर्दै

काठमाडौं– नेपाली कांग्रेशका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यही