विदेश पढ्न जानेले १० महिनामा लगे १ खर्ब ४ अर्ब, भ्रमणमा जानेले कति ? « Khabarhub

विदेश पढ्न जानेले १० महिनामा लगे १ खर्ब ४ अर्ब, भ्रमणमा जानेले कति ?


२८ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को १० महिनामा विदेश पढ्न जाने नेपालीले १ खर्ब बढी रकम विदेश लगेका छन् ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आवको १० महिनामा नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीहरूले १ खर्ब ४ अर्ब रुपैयाँ विदेशमा लगेका हुन् ।

राष्ट्र बैंकले अघिल्लो वर्षको सोही अवधिको तुलनामा चालु आवको १० महिनाको अवधिमा विदेशमा पढ्न जाने विद्यार्थीहरूले २९ अर्ब रुपैयाँ रकम बढी लगेको जनाएको छ । प्रतिवेदनअनुसार अघिल्लो आवको सोही अवधिमा विदेशमा पढ्न जाने नेपालीले ७५ अर्ब १४ करोड लगेका थिए ।

त्यस्तै, प्रतिवेदनअनुसार चालु आवको १० महिनामा नेपालबाट विदेश घुम्न जाने नेपालीहरूले ५२ अर्ब रुपैयाँ खर्च गरेका छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ५ : ३२ बजे

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर