१० महिनामा सरकारले गर्‍यो १० खर्ब ५६ अर्ब खर्च, प्रदेश कति ?  « Khabarhub

१० महिनामा सरकारले गर्‍यो १० खर्ब ५६ अर्ब खर्च, प्रदेश कति ? 


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आर्थिक वर्ष २०८०/८१ को १० महिनामा १० खर्ब ५६ अर्ब खर्च गरेको छ ।

सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा सरकारले १० खर्ब ५६ अर्ब ८९ करोड रुपैयाँ खर्च गरेको देखिएको छ ।

सरकारी खर्च गत आर्थिक वर्षको पहिलो १० महिनामा १५.३ प्रतिशतले वृद्धि भएकोमा, समीक्षा अवधिमा ०.९ प्रतिशतले मात्र वृद्धि भएको बैंकले जनाएको छ ।

समीक्षा अवधिमा चालु खर्च ७ खर्ब ५२ अर्ब ५६ करोड रुपैयाँ, पुँजीगत खर्च १ खर्ब ११ अर्ब ८८ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च १९२ अर्ब ४५ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले सार्वजनिक विवरणमा छ ।

समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ८३१ अर्ब ९३ करोड रुपैयाँ भएको विवरणमा उल्लेख छ । गत आर्थिक वर्षको पहिलो १० महिनामा १२.६ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा १०.० प्रतिशतले बढेको बैंकले देखिएको छ । यस अन्तर्गत कर राजस्व ७ खर्ब ४६ अर्ब ८३ करोड रुपैयाँ र गैर कर राजस्व ८५ अर्ब १० करोड रुपैयाँ परिचालन भएको बैंकले जनाएको छ ।

प्रदेश र स्थानीय तहसहित २०८१ वैशाख मसान्तमा सरकारको बैंक खातामा २ खर्ब ७९ अर्ब ७४ करोड रुपैयाँ नगद मौज्दात रहेको राष्ट्र बैंकले जनाएको छ । २०८० असार मसान्तमा यस्तो मौज्दात ६५ अर्ब ३६ करोड रुपैयाँ रहेका राष्ट्र बैंकले जनाएको छ ।

प्रदेश सरकार खर्च ९८ अर्ब ३४ करोड

वैशाख मसान्तसम्ममा प्रदेश सरकारहरूको कुल खर्च ९८ अर्ब ३४ करोड रुपैयाँ र स्रोत परिचालन १ अर्ब ५० अर्ब ६७ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।

प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी १ खर्ब १३ अर्ब १३ करोड रुपैयाँ र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व ३७ अर्ब ५४ करोड रुपैयाँ रहेको राष्ट्र बैंकको विवरणमा देखिएको छ ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ५ : ४६ बजे

जिम्बाब्वेमा मिनीबस र ट्रक ठोक्किँदा २७ जनाको मृत्यु

एजेन्सी– दक्षिणी अफ्रिकी मुलुक जिम्बाब्वेमा चर्चका सदस्य बोकेको मिनीबस र

निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो

काठमाडौं– नेपाल आयल निगमले भोटेकोशी नदीमा बाढी गएपछि खोज तथा

बाढीबारे थाहा नदिएको आरोपबारे चिनियाँ दूतावासको स्पष्टीकरण, ‘महत्त्वपूर्ण सूचना नेपाललाई समयमै दिएका छौं’

काठमाडौं– रसुवाको हिमाली क्षेत्रमा आएको पहिरो तथा बाढीको जोखिमबारे नेपाललाई

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुर– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत