१० महिनामा सरकारले गर्‍यो १० खर्ब ५६ अर्ब खर्च, प्रदेश कति ?  « Khabarhub

१० महिनामा सरकारले गर्‍यो १० खर्ब ५६ अर्ब खर्च, प्रदेश कति ? 


२८ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आर्थिक वर्ष २०८०/८१ को १० महिनामा १० खर्ब ५६ अर्ब खर्च गरेको छ ।

सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा सरकारले १० खर्ब ५६ अर्ब ८९ करोड रुपैयाँ खर्च गरेको देखिएको छ ।

सरकारी खर्च गत आर्थिक वर्षको पहिलो १० महिनामा १५.३ प्रतिशतले वृद्धि भएकोमा, समीक्षा अवधिमा ०.९ प्रतिशतले मात्र वृद्धि भएको बैंकले जनाएको छ ।

समीक्षा अवधिमा चालु खर्च ७ खर्ब ५२ अर्ब ५६ करोड रुपैयाँ, पुँजीगत खर्च १ खर्ब ११ अर्ब ८८ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च १९२ अर्ब ४५ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले सार्वजनिक विवरणमा छ ।

समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ८३१ अर्ब ९३ करोड रुपैयाँ भएको विवरणमा उल्लेख छ । गत आर्थिक वर्षको पहिलो १० महिनामा १२.६ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा १०.० प्रतिशतले बढेको बैंकले देखिएको छ । यस अन्तर्गत कर राजस्व ७ खर्ब ४६ अर्ब ८३ करोड रुपैयाँ र गैर कर राजस्व ८५ अर्ब १० करोड रुपैयाँ परिचालन भएको बैंकले जनाएको छ ।

प्रदेश र स्थानीय तहसहित २०८१ वैशाख मसान्तमा सरकारको बैंक खातामा २ खर्ब ७९ अर्ब ७४ करोड रुपैयाँ नगद मौज्दात रहेको राष्ट्र बैंकले जनाएको छ । २०८० असार मसान्तमा यस्तो मौज्दात ६५ अर्ब ३६ करोड रुपैयाँ रहेका राष्ट्र बैंकले जनाएको छ ।

प्रदेश सरकार खर्च ९८ अर्ब ३४ करोड

वैशाख मसान्तसम्ममा प्रदेश सरकारहरूको कुल खर्च ९८ अर्ब ३४ करोड रुपैयाँ र स्रोत परिचालन १ अर्ब ५० अर्ब ६७ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।

प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी १ खर्ब १३ अर्ब १३ करोड रुपैयाँ र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व ३७ अर्ब ५४ करोड रुपैयाँ रहेको राष्ट्र बैंकको विवरणमा देखिएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ५ : ४६ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का