राजनीतिक स्थिरतका लागि सबै दल एकै ठाउँ आउनुपर्छ : ईश्वर पोखरेल | Khabarhub Khabarhub

राजनीतिक स्थिरतका लागि सबै दल एकै ठाउँ आउनुपर्छ : ईश्वर पोखरेल


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता र सामाजिक सद्भावलाई जोगाइराख्न राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन् । 

एमाले मकवानपुरको १२औँ अधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारीलाई आज हेटौँडामा पद तथा गोपनीयताको शपथ गराउँदै उनले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका पक्षमा आफ्नो पार्टी अडिग रहने बताए ।

‘राष्ट्रको भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता र सामाजिक सद्भावलाई जोगाइराख्न राजनीतिक स्थिरता आवश्यक छ । त्यसका लागि सबै दल एक ठाउँमा उभिन जरुरी छ’, वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘एमाले सधैँ राष्ट्रिय स्वाभिमानका पक्षमा दृढतापूर्वक उभिरहेको छ । हामी राष्ट्रको भौगोलिक अखण्डताको रक्षा गर्न सधैँ दृढ रहने छौँ ।’

 उनले पार्टीका नेता, कार्यकर्ता तथा पार्टी निकट भ्रातृ संगठन तथा शुभेच्छुक सबैलाई एकजुट भएर अगाडि बढ्न आग्रह गरे ।  एमाले मकवानपुरको यही जेठ १८, १९ र २० गते हेटौँडामा १२ औँ अधिवेशन सम्पन्न भएको थियो । 

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ६ : १५ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः