गण्डकीमा ‘फ्लोर क्रस’प्रकरण : बाबुरामनिकट सांसदलाई माओवादीले कारबाही गर्ने « Khabarhub

गण्डकीमा ‘फ्लोर क्रस’प्रकरण : बाबुरामनिकट सांसदलाई माओवादीले कारबाही गर्ने


२८ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

पोखरा- नेकपा माओवादी केन्द्रले ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएका नेपाल समाजवादीका सांसद फणिन्द्र देवकोटालाई कारबाही गर्ने भएको छ ।

संसदीय दलको ह्विप मिच्दै कांग्रेस संसदीय दलका नेतासमेत रहेका पाण्डेलाई विश्वासको मत दिएपछि कारबाही थालिएको माओवादी गण्डकी संसदीय दलका नेता हरिबहादुर चुमानले बताए ।

देवकोटाले २०७९ मा माओवादीको चुनाव चिह्न हँसिया हथौडाबाट चुनाव जितेका थिए । त्यहीकारण देवकोटा माओवादी संसदीय दलका सदस्य थिए ।

आफू बाबुराम नेतृत्वको नेपाल समाजवादीमा रहेको भन्दै उनले मावादीको ह्वीप नमानी मुख्यमन्त्रीको पक्षमा मतदान गरेपछि कारबाही गरिने चुमानले बताए ।

माओवादीले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत नदिन ह्विप लगाएको थियो । तर माओवादी संसदीय दलका सदस्य पाण्डेले त्यसको उलंघन गर्दै फ्लोर पनि क्रस गरे ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ६ : ३३ बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको