सहमतिमा संविधान संशोधन जरुरी : नेता केसी | Khabarhub Khabarhub

सहमतिमा संविधान संशोधन जरुरी : नेता केसी


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले देशमा देखिएको राजनीतिक अस्थिरता अन्त्यका लागि संविधान संशोधन गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

आज  पत्रकारहरूसँग कुरा गर्दै उनले संविधान संशोधनका लागि सर्वदलीय सहमति सृजना गर्न आवश्यक रहेको बताए। 

उनले भने, ‘संविधानमा देखिएको जटिलताका बीचमा जे जस्ता समस्या भोगेका छौँ । त्यसमा धेरै कुरा सुधार गर्न आवश्यक छ ।’ अहिले जनमानसमा उठेका प्रश्नहरूको समाधानका लागि पनि संविधान संशोधन आवश्यक रहेको भनाइ राखे। 

उनले सबै जातजातिको प्रतिनिधित्व हुने गरी राष्ट्रियसभामा व्यवस्था गरिनुपर्ने धारणा राखे। समानुपातिक निर्वाचन प्रणाली मान्य हो भने यसका लागि पनि निर्वाचन क्षेत्रको व्यवस्था गरेर अघि बढ्न आवश्यक रहेको उनको भनाइ थियो । 

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ६ : ३३ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय