एमाले नेता महेश बस्नेतसँग विवादमा जोडिएकी शोभा पाठक पक्राउ « Khabarhub

एमाले नेता महेश बस्नेतसँग विवादमा जोडिएकी शोभा पाठक पक्राउ


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


29.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग नाम जोडिएर विवादमा परेकी शोभा पाठकलाई प्रहरीले पक्रेको छ ।

सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्तिहरूको चरित्रहत्या गरेको आरोपमा उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोले ललितपुरको पुल्चोकबाट सोमबार पक्राउ गरेको हो ।

साइबर ब्यूरोका प्रवक्ता एसपी दीपकराज अवस्थीकाअनुसार सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिको चरित्र हत्या गरेको उजुरी आएपछि उनलाई पक्राउ गरिएको हो ।

लामो समयदेखि निकट सम्बन्धमा रहेका महेश र शोभाबीचको विवाद अचेल सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । शोभामाथि विभिन्न व्यक्तिसँग मोलमोलाइ गरेर रकम मागेको आरोप पनि लाग्ने गरेको छ ।

शोभाले पूर्व उद्योगमन्त्रीसमेत रहेका बस्नेतविरुद्ध यसअघि नै जिल्ला प्रहरी परिसर काठमाडौंमा जबरजस्ती करणसम्बन्धी जाहेरी पनि दिएकी थिइन् ।

बस्नेतले युवाहरू लगाएर आफूलाई अपार्टमेन्टमै आक्रमण गराएको आरोप उनले लगाउँदै आएकी थिइन् ।

पाठकले  बस्नेतविरुद्ध ‘भ्रुण हत्या, बलात्कार र डाँका चोरी’ प्रकरणमा प्रहरीमा जाहेरी पनि दिइन् । उक्त प्रकरणमा प्रमाण नपुग्ने भन्दै प्रहरीले उनको उजुरीलाई तामेलीमा राख्न जिल्ला सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको थियो ।

आइतबार मात्रै शोभाले सामाजिक सञ्जाल फेसबुकमार्फत् बस्नेतसँगका गोप्य तस्बिर सार्वजनिक गरेकी थिइन् । एमाले र माओवादीका उच्च तहका अन्य नेतासँग पनि उनले फोटो खिच्ने गरेकी थिइन् । उनी पछिल्लो समय एकजना बहालवाला मन्त्रीसँग मिलेर आफ्नो बदनाम गर्दै हिँडेको गुनासो बस्नेतले गर्दै आएका छन् ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ६ : ४९ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले