फुटबलर प्रीति राई एक लाख नगदसहित धरानमा सम्मानित « Khabarhub

फुटबलर प्रीति राई एक लाख नगदसहित धरानमा सम्मानित


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.4k
Shares
  • change font
  • change font
  • change font

सुनसरी– साकेला समापनको अवसरमा नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी प्रीति राई धरानमा सम्मानित भएकी छन् । धरान १७ स्थित साकेला पार्कमा किरात राई यायोख्खा सुनसरीद्वारा शनिवार जिल्ला व्यापी साकेला प्रतियोगिता समापन समारोहमा उनलाई नगद १ लाख ५ हजार ८४ सहित ताम्रपत्रले सम्मान गरिएको थियो । 

खेलाडी राईलाई शनिबार धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ र निवर्तमान मेयर यायोक्खाका पूर्व केन्द्रीय अध्यक्ष तिलक राईले दोसल्ला ओढाएर सम्मान गरेका थिए । उक्त अवसरमा राष्ट्रिय एथलेटिक्स कबड्डी प्रशिक्षक पार्वती राईलाई नगद २५ हजार रुपैयासहति सम्मान गरिएको थियो । 

यस्तै धरानको पर्यटकीय नक्सा डिजाइनर इन्जिनियर पारसमणि राई, महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख चन्द्रकुमार राई, गोर्खा सैनिक सेवामा एमबिई उपाधि प्राप्त सुवास राईलगायतलाई पनि  सम्मान गरिएको थियो । 

साकेला शिली जिल्ला व्यापी प्रतियोगितामा सहभागी मध्ये धरान–१५ प्रथम, धरान– ९ र १० को टोली दोस्रो र धरान– ११ तेस्रो भएको भएको थियो । यसैगरी धरान बाहिरका प्रतियोगी इटहरी उपमहानगरपालिका १, १९ र २० को संयुक्त टोलीलाई प्रथम घोषित गरिएको थियो भने पकली–रामधुनी दोस्रो, इटहरी–२० तेस्रो घोषित गरिएको थियो । 

उत्कृष्ट सांस्कृतिक झाँकी सामग्री प्रदर्शनमा धरान–१५ प्रथम, धरान–८ दोस्रो र धरान ९ र १० को टोली तेस्रो घोषित भएका थिए । धरान बाहिरबाट इटहरी–५ को टोली प्रथम, इटहरी– ६ दोस्रो र इटहरी २ को टोली तेस्रो घोषित भएका थिए ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ७ : ३४ बजे

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका

कांग्रेसको १५औँ महाधिवेशनको सबै मतगणना सम्पन्न

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

काठमाडौं महानगरले भन्यो- सफाइ कर्मचारी दसैँ मनाउन गए, कात्तिक १, ३ र ४ गतेको फोहर घरैमा राख्नू

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर

दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको