फिलिपिन्सद्वारा चिनियाँ आरोपको खण्डन « Khabarhub

फिलिपिन्सद्वारा चिनियाँ आरोपको खण्डन


२८ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिलिपिन्सले आफ्ना नौसैनिकहरुले चिनियाँ तटरक्षक बलका सैनिकलाई लक्षित गरी बन्दुक तेर्स्याएकोको भन्ने आरोपको खण्डन गरेको छ ।

फिलिपिनी सेनाले दक्षिण चीन सागरमा रोकिराखेको युद्धपोतमा तैनाथ नौसैनिकले चिनियाँ तटरक्षकलाई बन्दुक तेर्स्याएको भन्ने चिनियाँ आरोपमा कुनै सत्यता नरहेको स्पष्ट पारेको हो ।

फिलिपिनी सेनाकी प्रवक्ता फ्रान्सेल मार्गरेट पाडिलाले आफ्ना सैनिकले उच्च स्तरको व्यवसायिक मर्यादाको पालन गरेको उल्लेख गरिन् ।

त्यसअघि चिनियाँ सञ्चार माध्यमले दक्षिण चीन सागरस्थित सेकेण्ड थोमस शोलमा अवस्थित स्थीर फिलिपिनी युद्धपोतमा तैनाथ सुरक्षाकर्मीले चिनियाँ तटरक्षकलाई लक्षित गरी बन्दुक तेस्र्याएको आरोप लगाएको थियो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार सेकेण्ड थोमस शोल चीन र फिलिपिन्सबीच सार्वभौमिकताको विवादमा रहँदै आएको छ । फिलिपिन्सको आर्थिक क्षेत्रमा अवस्थित सो क्षेत्रमा फिलिपिन्सले सन् १९९९ मा सिएरा मादरे नामक युद्धपोत रोकेर राखेको थियो ।

त्यसयता स्थीर अवस्थामा रहँदै आएको उक्त युद्धपोतलाई फिलिपिन्सले सैनिक अखडाका रुपमा प्रयोग गर्दै आएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ८ : १४ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन