सुदुरपश्चिम प्रदेशमा श्रमधान रोजगार मेला सम्पन्न « Khabarhub

सुदुरपश्चिम प्रदेशमा श्रमधान रोजगार मेला सम्पन्न

रोजगारीका लागि चार हजारबढीको आवेदन


२८ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कैलाली –सुदुरपश्चिम प्रदेशको धनगढीमा आइतबारदेखि सुरु भएको श्रमाधान रोजगार मेला आज सम्पन्न भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्धारा आयोजित रोजगार मेलामा ११ सय ३३ जना रोजगारीका लागि छनोट भएका छन्

मेलामा ४ हजार एकसय ६६ जनाले रोजगारीको लागि आवेदन दिएका छन् । मेलामा १० हजार बढीले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । दुईदिने मेलामा रोजगार खोज्ने यूवाको बाक्लो भीड लागेको थियो।

समापन कार्यक्रममा बोल्दै धनगढी उप महानगरपालिकाकी उप प्रमुख नन्दकला रानाले अहिले नेपालमा रोजगारीको ठूलो समस्या रहेकाले मेलाले त्यसको समाधान गर्ने अपेक्षा रहेको धारणा राखिन् ।

युवाहरु बिदेसिने क्रम बढ्दै गएकाले स्वदेशमै रोजगारीका अवसर जुटाउन आवश्यक रहेको उनको भनाई छ ।श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव बसन्त बहादुर बोहराले रोजगार दाता र रोजगार खोज्नेहरुलाई एकै थलोमा भेला गराउमे उदेश्यले श्रमाधान रोजगार मेला आयोजना गरेको बताए ।

‘हाम्रो श्रम बजारमा रोजगारी कहा छ कसरी खोज्ने त्यो सबैलाई थाहा छैन् ’ उनले भने । आन्तरीक रोजगार तथा वैदेशिक रोजगारी सम्बन्धी सबै जानकारी एउटै थलोमा पाउनुले अझै मेला प्रभावकारी भएको बताए ।

सुदुरपश्चिम प्रदेश श्रम कार्यलयका प्रमुख जनक उखेडाले रोजगार मेलाले यहाको युवाहरुको रोजगार सम्बन्धी केही समस्या समाधान हुने अपेक्षा गरिएको बताए । समापन कार्यक्रममा मेला अवधीमा जानकारी मुलुक स्टल राख्ने रोजदारदाता ,सहजकर्ता सहआयोजक संघ संस्थालाई सम्मानपत्र तथा धन्यवन ज्ञापन गरिएको थियो ।।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ८ : ५६ बजे

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड

पुर्जी बिना पत्रकारमाथि गरिएको धरपकडप्रति काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर सादा पोसाकका

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा