सुदुरपश्चिम प्रदेशमा श्रमधान रोजगार मेला सम्पन्न « Khabarhub

सुदुरपश्चिम प्रदेशमा श्रमधान रोजगार मेला सम्पन्न

रोजगारीका लागि चार हजारबढीको आवेदन


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कैलाली –सुदुरपश्चिम प्रदेशको धनगढीमा आइतबारदेखि सुरु भएको श्रमाधान रोजगार मेला आज सम्पन्न भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्धारा आयोजित रोजगार मेलामा ११ सय ३३ जना रोजगारीका लागि छनोट भएका छन्

मेलामा ४ हजार एकसय ६६ जनाले रोजगारीको लागि आवेदन दिएका छन् । मेलामा १० हजार बढीले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । दुईदिने मेलामा रोजगार खोज्ने यूवाको बाक्लो भीड लागेको थियो।

समापन कार्यक्रममा बोल्दै धनगढी उप महानगरपालिकाकी उप प्रमुख नन्दकला रानाले अहिले नेपालमा रोजगारीको ठूलो समस्या रहेकाले मेलाले त्यसको समाधान गर्ने अपेक्षा रहेको धारणा राखिन् ।

युवाहरु बिदेसिने क्रम बढ्दै गएकाले स्वदेशमै रोजगारीका अवसर जुटाउन आवश्यक रहेको उनको भनाई छ ।श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव बसन्त बहादुर बोहराले रोजगार दाता र रोजगार खोज्नेहरुलाई एकै थलोमा भेला गराउमे उदेश्यले श्रमाधान रोजगार मेला आयोजना गरेको बताए ।

‘हाम्रो श्रम बजारमा रोजगारी कहा छ कसरी खोज्ने त्यो सबैलाई थाहा छैन् ’ उनले भने । आन्तरीक रोजगार तथा वैदेशिक रोजगारी सम्बन्धी सबै जानकारी एउटै थलोमा पाउनुले अझै मेला प्रभावकारी भएको बताए ।

सुदुरपश्चिम प्रदेश श्रम कार्यलयका प्रमुख जनक उखेडाले रोजगार मेलाले यहाको युवाहरुको रोजगार सम्बन्धी केही समस्या समाधान हुने अपेक्षा गरिएको बताए । समापन कार्यक्रममा मेला अवधीमा जानकारी मुलुक स्टल राख्ने रोजदारदाता ,सहजकर्ता सहआयोजक संघ संस्थालाई सम्मानपत्र तथा धन्यवन ज्ञापन गरिएको थियो ।।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ८ : ५६ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल