टी–२० विश्वकप : दक्षिण अफ्रिकाद्वारा बंगलादेशलाई ११४ रनको चुनौती | Khabarhub Khabarhub

टी–२० विश्वकप : दक्षिण अफ्रिकाद्वारा बंगलादेशलाई ११४ रनको चुनौती


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसिसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बंगलादेशलाई एक सय १४ रनको लक्ष्य दिएको छ ।

सोमबार न्यूयोर्क स्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय १३ रन बनाएको हो ।

उसका लागि हेनरिक क्लासेनले सर्वाधिक ४६ रन बनाए । ४४ बलको सामना गरेका उनले दुई चौका र तीन छक्का प्रहार गरे । त्यस्तै डेविड मिलरले २९, क्विन्टन डि ककले १८ रन बनाए ।

बंगलादेशका तान्जिन हसन साकिबले तीन विकेट लिए । ताक्षिक अहमेदले दुई र रिसाद हुसैनले एक विकेट लिए ।

जारी विश्वकपमा दक्षिण अफ्रिकाले २ खेलमा जित हासिल गरेर ४ अंकसहित शिर्ष स्थानमा छ । दक्षिण अफ्रिकाले पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्डसलाई पराजित गरेको थियो । त्यस्तै बंगलादेशले आफ्नो पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो ।

यी दुवै देशबीच अहिलेसम्म कुल ८ टी-२० खेल भएका छन् र सबै खेल दक्षिण अफ्रिकाले जितेको छ । बंगलादेशले अहिलेसम्म टी(२० खेलमा दक्षिण अफ्रिकालाई पराजित गर्न सकेको छैन ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  १० : १० बजे

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

काठमाडौं– विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको