मोदी रुस भ्रमणमा, रक्षा सम्झौता तथा भूराजनीतिक विषयमा छलफल « Khabarhub

मोदी रुस भ्रमणमा, रक्षा सम्झौता तथा भूराजनीतिक विषयमा छलफल


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुस भ्रमणमा पुगेका छन् । सन् २०२२ फेब्रुअरी २४ मा रुस–युक्रेन युद्ध शुरु भएयता प्रधानमन्त्री मोदीले पहिलो पटक रुसको भ्रमण गरेका हुन् ।

यसअघि मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच विगत १० वर्षमा १६ पटक भेटवार्ता भइसकेको छ ।

पुटिनले मोदीलाई राजधानी मस्कोनजिकै रहेको नोभो ओग्य्रोभोस्थित आफ्नो निवासमा स्वागत गरेका थिए । मोदीको भ्रमणका क्रममा दुई मुलुकबीच रक्षा सम्झौतासहित भू राजनीतिक विषयमा छलफल हुने रुसी सांसद अभय कुमार सिंहले बताएका छन् ।

भारतीय समाचार संस्था एएनआईसँग कुराकानी गर्दै सांसद सिंहले दुई नेताबीच रक्षा सम्झौता, साँस्कृतिक आदान प्रदानका साथै आर्थिक विषयमा पनि छलफल हुने जानकारी दिए ।

रुसले मोदीको भ्रमणलाई उच्च महत्व दिएको भन्दै उनले मोदीलाई आफ्नो मुलुकमा स्वागत गर्न रुसी जनता उत्साहित रहेको समेत बताए ।

सन् १९९१ मा रुसको कुस्र्क पुगेका सिंहले सन् २०१० मा रुसी नागरिकता प्राप्त गरेका थिए । लामो समयदेखि कुस्र्क शहरबाट निर्वाचित हुँदै उनी विधायकको जिम्मेवारीमा छन् ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ९ : २२ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट