पाकिस्तानी राजनीतिमा सेनाको हस्तक्षेप हुनु हुँदैन : अल्ताफ हुसैन « Khabarhub

पाकिस्तानी राजनीतिमा सेनाको हस्तक्षेप हुनु हुँदैन : अल्ताफ हुसैन


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानको मुत्थैदा कोमी मुभमेन्ट (एमक्यूएम) पार्टीका संस्थापक अल्ताफ हुसैनले आफू राजनीतिक, प्रशासनिक तथा आर्थिक क्षेत्रमा सेनाको हस्तक्षेपको विपक्षमा रहेको बताएका छन् ।

अखिल पाकिस्तानी मुत्थैदा विद्यार्थी संगठनको सभालाई सम्बोधन गर्दै हुसैनले आफू पाकिस्तानी सेनाको पक्षमा रहेको भएपनि राजनीतिक क्षेत्रमा पाकिस्तानी सेनाले हस्तक्षेप गर्न नहुने धारणा राखेका हुन् ।

सेनाको जिम्मेवारी मुलुकको रक्षा गर्नु रहेको भन्दै उनले सेनाले त्यसैमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख गरे ।

उनले पाकिस्तान बेलायती शासनबाट स्वतन्त्र भएको ७६ वर्ष भइसकेपनि मुलुकका वर्तमान शासकमा आफूलाई मालिक र जनतालाई गुलाम सोच्ने प्रवृत्ति अझै रहेको जिकिर गरे ।

सेनाका अधिकारी र जमिन्दारबाट मुक्ति नपाउँदासम्म पाकिस्तानी जनता स्वतन्त्र हुन नसक्ने उनको राय छ ।

उनले पाकिस्तानी जनतामाझ फुट ल्याउन पाकिस्तानको गुप्तचर संस्था आईएसआई नै सक्रिय रहेको पनि आरोप लगाए ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ९ : ५० बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट