रुसमा मोदीलाई ‘सर्वोच्च नागरिक सम्मान’ | Khabarhub Khabarhub

रुसमा मोदीलाई ‘सर्वोच्च नागरिक सम्मान’


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतीय प्रधानमन्त्री मोदीलाई रुसको सर्वोच्च नागरिक सम्मान अर्पण गरेका छन् । रुसमा यो सबैभन्दा ठूलो सम्मान हो  । मोदीलाई ‘अर्डर अफ सेन्ट एन्ड्रयु द एपोस्टल’ को अवार्ड दिइएको हो ।

योसँगै रुस मोदीलाई उच्च सम्मान दिने १४औँ राष्ट्र बनेको छ । यसअघि मोदीले भुटान, ग्रीस, फ्रान्स, इजिप्ट, पपुवा न्यूगिनी, फिजी, अमेरिका, बहराइन, यूएई, माल्दिभ्स, प्यालेस्टाइन, अफगानिस्तान र साउदी अरेबियाबाट उच्च सम्मान पाएका थिए ।

सोमबार रुस पुगेका मोदीले राष्ट्रपति पुटिनसँगै शिखर वार्तामा सहभागिता जनाए छन् ।

सो क्रममा पुटिनले मोदीलाई युक्रेन संकट समस्याको समाधान निकाल्ने कोसिस गरेकोप्रति आभार प्रकट गरे ।

शिखर वार्ताका क्रममा मोदीले पछिल्लो ४०–५० वर्षदेखि भारतले आतंकवादको सामना गरेको बताउँदै आतंकवादी हमलाको पीडा आफूलाई थाहा भएको बताउँदै त्यस्तो आतंकवादको कडा निन्दा गर्ने बताए ।

मोदीले विश्व शान्तिका लागि पुटिन लाग्नु खुशीको कुरा भएको उल्लेख गर्दै भारत विश्वमा शान्ति बहालीका लागि सहयोग गर्न तयार रहेको बताए ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  १२ : ०७ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि