रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन स्थगित गर्नेबारे सेबोनमा छलफल हुँदै « Khabarhub

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन स्थगित गर्नेबारे सेबोनमा छलफल हुँदै


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

काठमाडौं रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन स्थगित गर्ने विषयमा नेपाल धितोपत्र बोर्ड (सेबोन) छलफल गरिरहेको छ । धितोपत्र बोर्डका प्रवक्ता डा. नवराज अधिकारीका अनुसार बोर्डको व्यवस्थापन तहमा अहिले सो विषयमा छलफल भइरहेको छ ।

रिलाइन्स स्पिनिङ मिल्सले बुक विल्डिङ विधिबाट यही २७ गतेदेखि आइपिओ निष्कासन गर्ने तयारी गरेकोमा कम्पनीले सार्वजनिक गरेका विवरणहरू विवादास्पद देखिएपछि आइपिओ निष्काशन स्थगित हुने तहमा पुगेको हो । सेबोन स्रोतका अनुसार कम्पनीको आइपिओ निष्कासन अनुमति तत्काललाई स्थगित गर्ने विषयमा छलफल भइरहेको छ ।

‘अहिले व्यवस्थापन तहमा छलफल गम्भीर रुपमा छलफल भइरहेको छ, स्थगित हुने देखिएको छ, औपचारिक निर्णय पछि आउला’, सेबोनका एकजना अधिकारीले खबरहबलाई बताए । 

नेपाल धितोपत्र बोर्डको स्वीकृति लिएर रिलायन्स स्पिनिङ मिल्सले रिलाइन्स कम्पनीले १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार बराबरको १९ लाख २६ हजार ६ सय कित्ता शेयर सर्वसाधारणमा जारी गर्न लागेको छ । बुक बिल्डिङ प्रक्रियाबाट तय गरिएको सो शेयरको मूल्य प्रतिकित्ता ८२०.८० रुपैयाँ रहेको छ ।

धितोपत्र बोर्डबाट आईपीओ जारी गर्नका लागि स्वीकृति लिने क्रममा पेश गरेको विवरण र तेस्रो त्रैमासिक विवरणको रुपमा सार्वजनिक गरेको वित्तीय विवरणमा नेटवर्थ आम्दानी, प्रतिशेयर आम्दानी, नाफा प्रक्षेपण लगायतका विषयहरू अस्वभाविक देखिएपछि रिलाइन्सको आइपीओको विषय विवादित बन्न पुगेको हो ।

मंगलबार नै संसदको सार्वजनिक लेखा समितिले रिलाइन्सको आइपीओको मूल्य तय भएको आधार, मूल्य तयार गर्ने अधिकार कसलाई, प्रक्रिया के, एक वर्ष नपुग्दै कम्पनीको प्रतिशेयर मूल्यमा आएको गिरावट, प्रतिशेयर आम्दानीको वास्तविकता र प्रक्षेपित मूल्यमा सामञ्जस्यता नदेखिएको लगायतका विषयमा समितिले बोर्डसँग जवाफ माग गरेको थियो ।

विभिन्न क्षेत्रबाट कम्पनीले सार्वजनिक गरेका विवरणमाथि निरन्तर प्रश्न उठाएपछि र संसदको सार्वजनिक लेखा समितिले विवादित विषयहरूमा जवाफ मागेपछि सेबोन स्पिनिङको आइपिओ निष्कासन स्थगित गर्ने अवस्थामा पुगेको देखिन्छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  १ : ५६ बजे

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट

बाढीपहिरो प्रभावितको राहतका लागि राष्ट्रसेवक कर्मचारीले २ देखि १० दिनसम्मको तलब सहयोग गर्ने

काठमाडौँ- सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार

सहकारी ठगी : इच्छाराजसहित १७ जना दोषी ठहर

काठमाडौँ । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १७ जना सहकारी