एमालेको टिप्पणी – फाइल खोल्न प्रचण्ड र रविलाई कसैले रोकेको थिएन « Khabarhub

एमालेको टिप्पणी – फाइल खोल्न प्रचण्ड र रविलाई कसैले रोकेको थिएन


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले कुनै पनि भ्रष्टाचारका फाइल खोल्न पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई कसैले नरोकेको टिप्पणी गरेको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठकपछि बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री रवि लामिछानेले अनावश्यक स्टन्ट गरिरहेको बताएका छन् ।

‘प्रचण्ड आफैँ १९ महिनादेखि सरकारमा हुनुहुन्छ । उहाँलाई कुनै पनि फाइल खोल्न कसैले रोकेको थिएन’, उनले भने, ‘रविजी (उपप्रधान तथा गृहमन्त्री) अघिल्लो पटक २ महिना र यो पटक ४ महिना सत्तामा बसिसक्नु भएको छ। उहाँलाई पनि हामी कसैले फाइल नखोल्नु भनेका थिएनौँ । हामी त कहिले फाइल खुल्छ भनेर कुरेर बसेका थियौँ ।’

ज्ञवालीले प्रचण्ड र रवि दुवैजना आफ्नो कार्यकालमा असफल भइसकेको टिप्पणी गरे । ‘उहाँहरू असफल भएपछि फाइल खोल्न दिएनन् भनेर गरिएको बहाना मात्रै हो यो’, उनले भने, ‘हामी त कुन दिन फाइल पल्टिन्छ भनेर टेलिभिजन खोलेर बसेका छौँ, टेलिभिजनमा हेरेका हेर्यै छौँ । त्यसैले असफल भइसकेपछि यो सबै स्टन्ट हो ।’

ज्ञवालीले जुनसुकै फाइल खुले पनि आफूहरूले कुनै अवरोध नगरेको दाबी पनि गरेका छन् । ‘हामीले उहाँहरूलाई कुनै पनि कुरामा रोकेका थिएनौँ’, उनले भने, ‘पब्लिक स्टन्टका लागि उहाँहरू हल्ला गरिरहनु भएको छ। खासमा उहाँहरू असफल भइसकेपछि आएका कुरा हुन् यी ।’

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  २ : १८ बजे

माइतीघरमा पत्रकारको मौन प्रदर्शन

काठमाडौँ– सञ्चारमाध्यममाथि राज्यबाट हस्तक्षेप भएको भन्दै पत्रकारहरूले शनिबार काठमाडौँको माइतीघरमा

जलमग्न त्रिवि मैदानबाट मोटर लगाएर पानी निकालिँदै

काठमाडौँ – निरन्तरको वर्षाका कारण त्रिवि क्रिकेट मैदान जलमग्न भएपछि

नेपाल भ्रमणमा रहेको चिनियाँ सांस्कृतिक टोली सम्मानित

काठमाडौँ- नेपाल भ्रमणमा रहेको चिनियाँ साहित्यिक एवं सांस्कृतिक प्रतिनिधिमण्डलका सदस्य

जय नेपाल पार्टीको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ– जय नेपाल पार्टीले यही कात्तिक १६ गतेका लागि तय

मनोहरा नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह (तस्बिरहरू) 

काठमाडौँ  – लगातारको वर्षाका कारण ललितपुरको च्यासलस्थित मनोहरा नदीमा पानीको