एमालेलाई सत्तामा जानबाट रोक्न प्रचण्ड लागिपरेका छन् : ओली « Khabarhub

एमालेलाई सत्तामा जानबाट रोक्न प्रचण्ड लागिपरेका छन् : ओली


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सत्तामा जानबाट रोक्नका लागि प्रचण्डले पहल गरिरहेको बताएका छन् । 

पार्टी कार्यालय च्यासलमा बुधबार बसेको पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा पर्दा पनि राजीनामा नदिएर एमालेलाई सत्तामा जानबाट रोक्नका लागि पहल भइरहेको बताएका हुन् ।

उनले प्रचण्डको दोहोरो भूमिका र एमालेलाई कमजोर पार्ने गरि भएका कामका कारण अहिलेको परिस्थिति पैदा भएको धारणा राखे । भ्रष्टाचार, अस्थिरता लगायत स्वार्थप्रेरित काम पनि देखिएको उनले बताए । 

ओलीले संविधानलाई गतिशील बनाउनका लागि आवश्यकता अनुसार परिमार्जन गर्नेगरि कांग्रेससंग सहमति भएको भन्दै आयोग बनाउने कुरा बाहिर आएका हल्लामात्रै भएको उल्लेख गरे । उनले कांग्रेस–एमालेबीच समान रुपमा मन्त्रालयको बाँडफाँड हुने हैसियतका आधारमा अन्य दललाई पनि सरकारमा सहभागिता गराउने जिकिर गरे ।

ओलीले अव बन्ने सरकारले देशको आर्थिक विकासका साथै अन्य समस्याको समाधानमा ध्यान केन्द्रीत गर्ने दावी गरे । 

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  २ : ३२ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट