एमालेलाई सत्तामा जानबाट रोक्न प्रचण्ड लागिपरेका छन् : ओली « Khabarhub

एमालेलाई सत्तामा जानबाट रोक्न प्रचण्ड लागिपरेका छन् : ओली


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सत्तामा जानबाट रोक्नका लागि प्रचण्डले पहल गरिरहेको बताएका छन् । 

पार्टी कार्यालय च्यासलमा बुधबार बसेको पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा पर्दा पनि राजीनामा नदिएर एमालेलाई सत्तामा जानबाट रोक्नका लागि पहल भइरहेको बताएका हुन् ।

उनले प्रचण्डको दोहोरो भूमिका र एमालेलाई कमजोर पार्ने गरि भएका कामका कारण अहिलेको परिस्थिति पैदा भएको धारणा राखे । भ्रष्टाचार, अस्थिरता लगायत स्वार्थप्रेरित काम पनि देखिएको उनले बताए । 

ओलीले संविधानलाई गतिशील बनाउनका लागि आवश्यकता अनुसार परिमार्जन गर्नेगरि कांग्रेससंग सहमति भएको भन्दै आयोग बनाउने कुरा बाहिर आएका हल्लामात्रै भएको उल्लेख गरे । उनले कांग्रेस–एमालेबीच समान रुपमा मन्त्रालयको बाँडफाँड हुने हैसियतका आधारमा अन्य दललाई पनि सरकारमा सहभागिता गराउने जिकिर गरे ।

ओलीले अव बन्ने सरकारले देशको आर्थिक विकासका साथै अन्य समस्याको समाधानमा ध्यान केन्द्रीत गर्ने दावी गरे । 

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  २ : ३२ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर