वर्षाका कारण बलम्बु फ्लाइओभर निर्माण रोकियो « Khabarhub

वर्षाका कारण बलम्बु फ्लाइओभर निर्माण रोकियो


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातार वर्षाका कारण नागढुङ्गा सुरुङमार्ग अन्तर्गत फ्लाइओभर निर्माण रोकिएको छ ।

काठमाडौंको बलम्बुमा निर्माणधीन फ्लाइओभरमाथि गाडी गुड्ने ‘सुपरस्ट्रक्चर’ र बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने बिन्दु टुटीपाखा सम्मको पहुँच मार्गमा कालोपत्रे गर्ने काम रोकिएको नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख नविनमान श्रेष्ठले बताए ।

बलम्बुदेखि टुटीपाखासम्म साढे २ किलोमिटर लामो उक्त पहुँचमार्ग कालोपत्रेको काम यसअघि ५० प्रतिशत सम्पन्न भइसकेको थियो । त्यस्तै, गाडी गुड्ने सुपरस्ट्रक्चरको काम पनि ६० प्रतिशत पूरा भइसकेको थियो । तर, पछिल्ला दिनमा लगातार पानी परिरहेकाले फ्लाइओभरतर्फका काम अवरुद्ध हुन पुगेको श्रेष्ठले बताए ।

श्रेष्ठले भने, ‘वर्षाका कारण फ्लाइओभरको काम बन्द भएको छ । कङ्क्रिट लगायतका काम गर्न सकिएको छैन । त्यस्तै, पहुँचमार्गमा कालोपत्रे गर्ने काम पनि वर्षाका कारण अघि बढ्न नसकेको छैन ।’

फ्लाइओभरतर्फ २ लेनमा पहुँचमार्ग निर्माण गरी कालोपत्रे गर्ने काम अघि बढाइएको थियो । यता, मूख्य सुरुङमार्ग तर्फ भने काम भइरहेको आयोजनाले जनाएको छ ।

सुरुङतर्फका सबै काम एक वर्षमा सकिने र कुनै समस्या नआए डेढ वर्षभित्र सुरुङमार्गबाटै गाडी गुड्ने गरी काम अघि बढाएको श्रेष्ठले बताए । सुरुङमार्गतर्फ सञ्चालनका लागि टोलबुथ, भेन्टिलेसन र लाइटिङलगायतका काम भइरहेको छन् ।

हालसम्म सुरुङमार्गको समग्र भौतिक प्रगति ६५ प्रतिशत सम्पन्न भइसकेको छ । मुख्य सुरुङमार्ग यसअघि नै छिचोलिसकिएको छ । सुरुङभित्र कमजोर प्रकृतिको माटो र चट्टान भएका ४ ठाउँमा ‘कन्भर्जेन्स’हरू बढाउने काम भइरहेको छ ।

४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सन् २०१९ देखि निर्माण सुरु भएको थियो । आयोजना निर्माणका लागि २२ अर्ब रुपैयाा लाग्ने अनुमान छ । जम्मा खर्चमध्ये १६ अर्ब जापान सरकारको ऋण अनुदानबाट र बाँकी ६ अर्ब रुपैयाँ नेपाल सरकारको लगानी छ ।

कोरोना महामारीका कारण एक वर्ष म्याद थप भएको आयोजनाको सन् २०२४ अप्रिलसम्म आयोजना सकिनुपर्ने थियो । तर, त्यो समयसीमाभित्र आयोजना सम्पन्न हुन नसकेको हो ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  २ : ५० बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र