२३ अंकले बढ्यो नेप्से, कारोबार ५ अर्ब ७४ करोड  | Khabarhub Khabarhub

२३ अंकले बढ्यो नेप्से, कारोबार ५ अर्ब ७४ करोड 


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उछाल आएको छ । बुधबार एकै दिन नेप्से २३ अंकले बढेको छ । नेप्से १.०८ प्रतिशतले बढेर १२७५.४० विन्दुमा पुगेको छ । 

बुधबार नेप्से बढ्दा निर्जीवन बीमामा लगानीकर्ताको आकर्षण देखिएको छ । बुधबार एकै दिन निर्जीवन बीमा समूह १४१.१६ अंकले बढेर ११ हजार ३०.३१ विन्दुमा पुगेको छ । समूहअन्र्तगत गुमाउने समूहमा विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । बुधबार विकास बैंक समूहका लगानीकर्ताले १३.२० अंकले घटेर ४४५७.४१ विन्दुमा पुगेको छ । 

बुधबार कारोबारमा पनि उछाल आएको छ । बुधबार ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार हुँदा १९४ वटा कम्पनीको शेयर मूल्य बढेको छ । बुधबार १ करोड ५२ लाख ९६ हजार ७३९ कित्ता शेयर कारोबार हुँदा ४६ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । 

बुधबार ३२२ वटा कम्पनीको शेयर कारोबार हुँदा ७२ हजार ७१४ पटक नेप्सेमा शेयर किनबेच भएको छ । 

बुधबार ह्याथवे इन्भेष्टमेन्ट नेपालको सबैभन्दा बढी १५ करोड ८ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ३ : २८ बजे

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज

गाजाको एक क्याफेमा इजरायली मिसाइल आक्रमण : २० जनाको मृत्यु

गाजा – अभियन्ता, पत्रकार र स्थानीयको बाक्लो जमघट हुने गाजाको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

प्रधानमन्त्री ओली स्पेनका समकक्षीले आयोजना गरेको रात्रिभोजमा सहभागी

स्पेन – प्रधानमन्त्री केपी शर्मा ओली स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री)

रुपन्देही – ३ मा कात्तिक १७ गते उपनिर्वाचन

काठमाडौं – निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र