रविमाथि खनिए मुकुल : राहदानी दुरुपयोग र सहकारी ठगीमा छानबिन थाल्न माग « Khabarhub

रविमाथि खनिए मुकुल : राहदानी दुरुपयोग र सहकारी ठगीमा छानबिन थाल्न माग


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री र प्रवक्ता पदबाट निलम्बित मुकुल ढकालले सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोग र सहकारीको रकम ठगी प्रकरणमा छानबिन हुनुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ढकालले रविका कारण पार्टी गम्भीर संकटतिर गएको भन्दै यी दुई प्रकरणमा उनीमाथि छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने बताएका छन् ।

ढकालले केही दिनअघि सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीले सहकारी प्रकरणमा रविविरुद्ध छानबिन अघि बढाउन भनिसकेको उल्लेख गरे । सर्वोच्चले नैतिकताका आधारमा रविले स्वार्थ बाझिने गृहमन्त्रालयबाट मार्ग प्रशस्त गर्नुपर्ने भने पनि पदमै बसिरहेको भन्दै कडा आलोचना गरे ।

‘रविबारे सहकारी ठगी प्रकरणमा पार्टीले उच्चस्तरीय समिति बनाएर छानबिन हुनुपर्छ । रविको क्लबले यो काम गर्दैन, रास्वपाले छानबिन थाल्नुपर्छ’, उनले भने, ‘राहदानी दुरुपयोग प्रकरणमा उनीमाथि फेरि छानबिन हुनुपर्छ । राहदानीमा दोषी देखिएमा उहाँले जीवनभर चुनाव लड्न पाउनु हुन्न ।’

ढकालले रविको प्रकरण पार्टी जीवनसँग जोडिएकाले राहदानी दुरुपयोगबारे छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने दोहोर्‍याए ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ३ : ४२ बजे

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि