पार्टी भनेको देश र जनताको सेवा गर्ने माध्यममात्रै हो : प्रवक्ता महत | Khabarhub Khabarhub

पार्टी भनेको देश र जनताको सेवा गर्ने माध्यममात्रै हो : प्रवक्ता महत


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी भनेको देश र जनताको सेवा गर्ने माध्यममात्रै भएको बताएका छन् । 

नेपाल विद्यार्थी संघ तारकेश्वर समितिले एसईई उत्तीर्ण विद्यार्थी तथा विद्यालयहरूको सम्मानमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

पूर्व अर्थमन्त्रीसमेत रहेका महतले पार्टी भनेको देश र जनताको सेवा गर्ने माध्यममात्रै  हो भन्ने सोच सबैले आत्मसात गरेर अगाडि बढे नेपालमा ठूलो आर्थिक परिवर्तन हुने पनि जिकिर गरे । 

‘अहिले बनेको कांग्रेस–एमालेको नयाँ समीकरण स्थिरताका लागि बनेको हो । यो समीकरणबाट निर्माण हुने सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने छ,’ उनले भने । 

नेपालजस्तो हरेक कुरामा राम्रो सम्भावना भएको देश संसारमा अर्को भेट्टाउन नसकिने भन्दै महतले देखासिकीमा लागेर देश नछोड्न पनि युवा विद्यार्थीहरूलाई आग्रह गरे । 

प्रवक्ता महतले बाहिरी झिलिमिली देखेर विदेशिने विद्यार्थीहरू विदेशमा पुगेर निकै अप्ठ्यारोमा पर्ने गरेको अर्थात आफूले प्रत्यक्ष देखेको भन्दै विदेश जाने मानसिकता  त्यागेर देशमै केही गर्नुपर्छ भन्ने भावनाको विकास गर्न पनि आग्रह गरे ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ३ : ४३ बजे

प्रहरीले भन्यो- रविलाई दुर्व्यवहार भएको छैन, कार्यकर्ता र समर्थकले भ्रम छरे

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वगृहमन्त्री रवि लामिछानका नेता कार्यकर्ता

जीवनलाई सहज बनाउन एआईको उपयोगमा प्रधानमन्त्रीको जोड 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई

चिनियाँ वैज्ञानिक विङडिङलाई पर्यटनमन्त्री पाण्डेको सम्मान

काठमाडौं-संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात

हतियार नचलाए पनि बिसाउन लगाउन जानेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले हतियार नचलाए पनि कसरी

उसुको थाउलो विश्वकपमा नेपाललाई कांस्य पदक

काठमाडौं– उसुको थाउलो विश्वकपमा नेपालले कांस्य पदक प्राप्त गरेको छ