पाकिस्तानमा सडक दुर्घटनामा परी १३ जनाको मृत्यु | Khabarhub Khabarhub

पाकिस्तानमा सडक दुर्घटनामा परी १३ जनाको मृत्यु


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तान प्रशासित काश्मिरमा बुधबार भएको सडक दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ ।

उद्धार कर्ता संस्था ‘रेस्क्यु ११२२’ संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पाकिस्तान प्रशासित काश्मिरको नीलम जिल्लामा एउटा यात्रुबाहक भ्यान खाल्डोमा खसेको छ । चालकले जिल्लाको पहाडी भागमा तीव्र गतिले चलाएको गाडी मोड्न खोज्दा दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।’

दुर्घटनामा परेका ती यात्रुको शव घटनास्थलबाट निकालेर नजिकैको अस्पतालमा लगिएको छ । शवको पोस्टमार्टमपछि मृतक सबैलाई आफन्तको जिम्मा लगाइने छ ।

पाकिस्तानमा पुराना गाडी, सडकको मर्मतसम्भारको कमी, सडक सुरक्षा नियमको उल्लङ्घन र लापरबाहीपूर्वक गाडी चलाउँदा सडक दुर्घटना हुँदा वर्षेनी हजारौँ मानिसले अकालमा ज्यान गुमाउनु परेको छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ४ : १२ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा