फिल्म ‘घरज्वाइँ’को प्रिमियर- मगर समुदाय र संस्कृतिको चर्चा « Khabarhub

फिल्म ‘घरज्वाइँ’को प्रिमियर- मगर समुदाय र संस्कृतिको चर्चा


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– असार २८ गतेबाट प्रदर्शन तयारीमा रहेको फिल्म ‘घरज्वाइँ’ को मंगलबार साँझ कमलपोखरीस्थित एक हलमा भव्य रूपमा प्रिमियर शो सम्पन्न भएको छ । मुख्य कलाकारको व्यस्तता मध्यनजर गरी प्रदर्शनको तीन दिनअघि नै प्रिमियर आयोजना गरिएको हो ।

प्रिमियरमा मगर संस्कृति झल्कने झाँकी पनि देखाइएको थियो । सो कार्यक्रममा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरसहित चलचित्रकर्मीको बाक्लो उपस्थिति थियो ।

मगर समुदायमा ‘घर ज्वाइँ’ बस्ने परम्परा आधारित यो फिल्म पूर्वी रुकुमको आसपास खिचिएको छ । फिल्मले ‘घर ज्वाइँ’ बस्नुपर्ने बाध्यताले केटा र उसको परिवारमा पर्ने सामाजिक दबाब प्रस्तुत गर्छ ।

प्रिमियरपछि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले रुकुमको तकसेराको मगर समुदायको कथा पर्दामा कुशल ढङ्गले उतारिएको प्रतिक्रिया दिइन् । फिल्म उत्कृष्ट र हेर्नैपर्ने रहेको उनको भनाइ थियो ।


नायिका उपासना सिंह ठकुरीले आफू फरक भूगोल तथा समुदायबाट प्रतिनिधित्व गर्ने भएका कारण पनि कथावस्तु मन परेको प्रतिक्रिया दिइन् ।

मगर समुदायको संस्कारका विषयमा फरक शैलीको फिल्म बनेको बताउँदै उनले भनिन्, ‘फिल्ममा मगर समुदायका महिलाको भावना र संवेदनालाई पहिलो प्रथामितामा राख्ने संस्कृति थाहा पाएँ, त्यो राम्रो लाग्यो ।’

साथै, प्रिमियरमा उपस्थित चलचत्रिकर्मीले फिल्मको छायाङ्कन स्थलको बारेमा पनि चर्चा गरे । निर्देशक तथा लेखक अनिल बूढामगरले चलचित्र छायाङ्कनका लागि नयाँ स्थान परिचय गराएको उनीहरूको तर्क थियो ।

फिल्मकी अभिनेतृ मिरुना मगरले आफू सोही समुदायबाट प्रतिनिधित्व गर्ने भए पनि छायाङ्कन क्रममा मगर संस्कृतिबारे अझ धेरै बुझ्न पाएको अनुभव सुनाइन् । उनले भनिन्, ‘म पूर्वमा हुर्केको, रुकुमको मगर संस्कृति त्यो भन्दा अझै बढी रहेछ ।’

जीएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता जनक घर्ती हुन् । निर्देशक एवम्‌ लेखक मगरलाई पटकथा तथा संवाद लेखनमा भने विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा र कविता आले लगायतको अभिनय छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ५ : २७ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल