फिल्म ‘घरज्वाइँ’को प्रिमियर- मगर समुदाय र संस्कृतिको चर्चा « Khabarhub

फिल्म ‘घरज्वाइँ’को प्रिमियर- मगर समुदाय र संस्कृतिको चर्चा


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– असार २८ गतेबाट प्रदर्शन तयारीमा रहेको फिल्म ‘घरज्वाइँ’ को मंगलबार साँझ कमलपोखरीस्थित एक हलमा भव्य रूपमा प्रिमियर शो सम्पन्न भएको छ । मुख्य कलाकारको व्यस्तता मध्यनजर गरी प्रदर्शनको तीन दिनअघि नै प्रिमियर आयोजना गरिएको हो ।

प्रिमियरमा मगर संस्कृति झल्कने झाँकी पनि देखाइएको थियो । सो कार्यक्रममा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरसहित चलचित्रकर्मीको बाक्लो उपस्थिति थियो ।

मगर समुदायमा ‘घर ज्वाइँ’ बस्ने परम्परा आधारित यो फिल्म पूर्वी रुकुमको आसपास खिचिएको छ । फिल्मले ‘घर ज्वाइँ’ बस्नुपर्ने बाध्यताले केटा र उसको परिवारमा पर्ने सामाजिक दबाब प्रस्तुत गर्छ ।

प्रिमियरपछि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले रुकुमको तकसेराको मगर समुदायको कथा पर्दामा कुशल ढङ्गले उतारिएको प्रतिक्रिया दिइन् । फिल्म उत्कृष्ट र हेर्नैपर्ने रहेको उनको भनाइ थियो ।


नायिका उपासना सिंह ठकुरीले आफू फरक भूगोल तथा समुदायबाट प्रतिनिधित्व गर्ने भएका कारण पनि कथावस्तु मन परेको प्रतिक्रिया दिइन् ।

मगर समुदायको संस्कारका विषयमा फरक शैलीको फिल्म बनेको बताउँदै उनले भनिन्, ‘फिल्ममा मगर समुदायका महिलाको भावना र संवेदनालाई पहिलो प्रथामितामा राख्ने संस्कृति थाहा पाएँ, त्यो राम्रो लाग्यो ।’

साथै, प्रिमियरमा उपस्थित चलचत्रिकर्मीले फिल्मको छायाङ्कन स्थलको बारेमा पनि चर्चा गरे । निर्देशक तथा लेखक अनिल बूढामगरले चलचित्र छायाङ्कनका लागि नयाँ स्थान परिचय गराएको उनीहरूको तर्क थियो ।

फिल्मकी अभिनेतृ मिरुना मगरले आफू सोही समुदायबाट प्रतिनिधित्व गर्ने भए पनि छायाङ्कन क्रममा मगर संस्कृतिबारे अझ धेरै बुझ्न पाएको अनुभव सुनाइन् । उनले भनिन्, ‘म पूर्वमा हुर्केको, रुकुमको मगर संस्कृति त्यो भन्दा अझै बढी रहेछ ।’

जीएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता जनक घर्ती हुन् । निर्देशक एवम्‌ लेखक मगरलाई पटकथा तथा संवाद लेखनमा भने विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा र कविता आले लगायतको अभिनय छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ५ : २७ बजे

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको