११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रेमिट्यान्स भित्रियो « Khabarhub

११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रेमिट्यान्स भित्रियो


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उक्त रेमिट्यान्स भित्रिएको बताएको छ । 

बैंकले सार्वजनिक गरेको विवरण अनुसार ११ महिनामा गत वर्षको तुलनामा २२.७ प्रतिशतले रेमिट्यान्स भित्रिएको हो । अमेरिकी डलरमा रेमिट्यान्स १७.३ प्रतिशतले वृद्धि भई ९ अर्ब ९८ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.० प्रतिशतले बढेको राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४२२,९३६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २६२,७०५ रहेको बैंकले जनाएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४५९,४१५ र २६०,२६२ रहेको थियो । 

११ महिनाको अवधिमा अवधिमा खुद ट्रान्सफर १७.३ प्रतिशतले वृद्धि भई १४४३ अर्ब ६ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.९ प्रतिशतले बढेको बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ५ : १५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया