भारतसँग युक्रेनमा युद्ध रोक्न पुटिनलाई आग्रह गर्ने क्षमता छ : ह्वाइट हाउस « Khabarhub

भारतसँग युक्रेनमा युद्ध रोक्न पुटिनलाई आग्रह गर्ने क्षमता छ : ह्वाइट हाउस


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले भारतसँग युद्ध रोक्नका लागि रुससँग आग्रह गर्ने सामथ्र्य रहेको बताएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति पुटिनले अँकमाल गरेको तस्बिर सार्वजनिक भएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निराशा व्यक्त गरेका थिए त्यसपछि ह्वाइट हाउसको यस्तो प्रतिक्रिया आएको हो ।  

ह्वाइट हाउसकी प्रेस सचिव केरिनजिन पियरेले प्रेस वार्ताका क्रममा भारतसँग रुसलाई युद्ध रोक्नका लागि आग्रह गर्न सक्ने सामथ्र्य रहेको बताएकी हुन् । 

‘लामो र घनिष्ट सम्बन्धका कारण भारतले रुसलाई क्रूर युद्ध रोक्न आग्रह गर्न सक्छ । भारत र हाम्रो एक रणनीतिक साझेदार भएका कारण हामी पूर्ण रुपमा खुला कुरा गर्छौं, जसमा भारत र रुसको सम्बन्ध पनि पर्छ । यसका बारेमा हामीले पहिले पनि कुरा गरिसकेका छौँ,’ उनले भनिन् । 

प्रेस सचिव पियरेले युद्धको सुरुवात गर्न सक्ने रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युद्ध स्थगन पनि गर्न सक्ने पनि बताइन् ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ५ : ४६ बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६