निजी क्षेत्रमा कर्जा प्रवाह २ खर्ब ४६ अर्ब ८० करोडले बढ्यो « Khabarhub

निजी क्षेत्रमा कर्जा प्रवाह २ खर्ब ४६ अर्ब ८० करोडले बढ्यो

कृषि तर्फ ०.८ प्रतिशत मात्र 


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा कर्जा २ खर्ब ४६ अर्ब ८० करोड रुपैयाँले ले बढेको छ ।

 बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा कर्जा प्रवाह ५.१ प्रतिशतले वृद्धि भएको जनाएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ अर्ब ५७ अर्ब ३६ करोड (३.४ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ५.६ प्रतिशतले बढेको बैंकले जनाएको छ ।

कर्जा प्रवाह वृद्धि हुँदा समेत कृषि क्षेत्रमा प्रवाह हुने कर्जामा भने न्यून रहेको छ । ११ महिनाको अवधिमा कृषि क्षेत्रमा ०.८ प्रतिशत मात्र कर्जा प्रवाह वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ७.९ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ९.७ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १३.७ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २.८ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.२ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ६.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

२०८१ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर-वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.५ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.५ प्रतिशत रहेको बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६२.६ प्रतिशत र ३७.४ प्रतिशत रहेको थियो । 

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ५.२ प्रतिशतले, विकास बैंकहरुको ४.३ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह ६.७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । 

२०८१ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये १२.० प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६८.५ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा छ । २०८० जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ११.६ प्रतिशत र ६८.० प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १९.६ प्रतिशतले, नगद प्रवाह कर्जा २३.६ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ८.० प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा १४.२ प्रतिशतलेर ट्रष्ट रिसिट (आयात) कर्जा ७.२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै अधिविकर्ष कर्जा ४३.४ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत) र हायर पर्चेज कर्जा २१.२ प्रतिशतले घटेको देखिएको छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ६ : ०१ बजे

अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण

एजेन्सी– अमेरिका र इरानबीच सुरु भएको युद्धका क्रममा मध्यपूर्व क्षेत्रमा

सिमलखेतका विपन्न दलितलाई बाख्रा पाल्न अनुदान

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० सिमलखेतका विपन्न दलित समुदायलाई स्वरोजगारतर्फ उन्मुख गराउने

‘एक घर एक धारा’ले फेरियो दैनिकी

बलेवा– भौगोलिक हिसाबले बागलुङ जिल्लाको अति विकट मानिने जैमिनी नगरपालिका–३

बालबालिकाको सुरक्षा विवादबीच न्यू मेक्सिकोमा फेसबुक र इन्स्टाग्राम बन्द गर्ने मेटाको चेतावनी

एजेन्सी– अमेरिकी प्रविधि कम्पनी मेटाले न्यू मेक्सिको राज्यमा आफ्नो सामाजिक

बागमती किनाराका बस्ती हटाउने अभियान तीव्र, दुई हजार संरचना हटाइयो

काठमाडौं – काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित