स्थिर सरकारका लागि कांग्रेस–एमाले एकै ठाउँमा आयौँ : महामन्त्री शर्मा « Khabarhub

स्थिर सरकारका लागि कांग्रेस–एमाले एकै ठाउँमा आयौँ : महामन्त्री शर्मा


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

झापा– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थिर सरकार दिने उद्देश्यले संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमाले एकै ठाउँमा उभिएको बताएका छन् । 

झापामा आज आयोजित कार्यक्रममा उनले पटकपटक हुने सरकार परिवर्तनले मुलुकमा अस्थिरता सिर्जना गरेकाले त्यसलाई रोक्न दुई दल एकमत भएको बताएका हुन् ।

महामन्त्री शर्माले दुवै दलको सहमतिअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने सरकारको नेतृत्व गर्ने स्पष्ट पारे ।

‘एमाले नेतृत्वको सरकारलाई नेपाली कांग्रेसले काँध हाल्छ’, उनले भने, ‘त्यही सरकारले मुलुकको वर्तमान संकट समाधान गर्नेमा हामी आशावादी छौँ ।’

स्थानीय क्षेत्रको विकास निर्माणका लागि तीनै तहका सरकारबीच समन्वय जरुरी रहेको उल्लेख गर्दै प्रतिनिधिसभा सदस्य शर्माले फरक आस्था र विचारबाट निर्वाचन जितेर आए पनि साझा प्रतिनिधि बनेर जनताको काम गर्न लाग्नुपर्नेमा जोड दिए। 

उनले त्यस अवसरमा मेचीनगर–५ स्थित सिर्जना चोकमा मेचीनगर सहलगानी आयोजनाअन्तर्गत चार सय ५० घनमिटरको ओभरहेड ट्यांकीको आज शिलान्यास गरे। 

उक्त आयोजनाअन्तर्गत मेचीनगरका काँकडभिट्टा, धुलाबारी, चारआली र बाहुनडाँगी क्षेत्रमा खानेपानीका विभिन्न परियोजना सञ्चालन भइरहेका काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकीले जानकारी दिए। 

ओभरहेड ट्याङ्कीसहितको परियोजना मूल्य अभिवृद्धि करसहित कूल १० करोड ४८ लाख १९ हजार  लागतमा निर्माण हुन लागेको हो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी ग्लोबल दिपेश जेभी काठमाडौँले काम गरिरहेको छ । कूल लागतमध्ये रु एक करोड ३१ लाख काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था र रु नौ करोड १७ लाख १७ हजार संघीय सरकारले व्यहोर्ने अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

यहाँ चार सय ५० घनमिटर र दुई सय २५ घनमिटरका गरी दुईवटा ओभरहेड ट्यांकी, चारवटा बोरिङ, दुईवटा जेनेरेटर, दुईवटा ट्रान्सफर्मर, दुईवटा ट्रिटमेन्ट प्रणाली, ३५ किलोमिटर पाइपलाइन विस्तार र कार्यालय भवन निर्माण गरिने उनले बताए। 

शिलान्यास समारोहमा संविधानसभा सदस्य रविन कोइराला, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेलगायतले परियोजनाको काम निर्धारित समयमै गुणस्तरीय रूपमा हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ६ : ४८ बजे

म प्रायः कसैसँग मिल्दिनँ : महावीर पुन

काठमाडौं- स्वतन्त्र सांसद महावीर पुनले आफू अरुभन्दा फरक रहेकाले कसैसँग

सरकार डढेलो बने निभाउने साहस राख्छौँ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले

सरकारले विस्थापन होइन व्यवस्थापनको नीति अँगालोस् : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले विस्थापन नभएर

देउवाको स्पष्टीकरण : बूढानीलकण्ठस्थित निवास बेचेको होइन, बिक्री गर्ने योजना पनि छैन

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले काठमाडौंको बूढानीलकण्ठस्थित निजी

संसद्‍मा हर्कको माग- देशको आर्थिक अवस्था सुल्झाउन खेतीबारीका समस्या समाधान गरौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले खेतीबालीको समस्या समाधान