विपद् प्रतिकार्यका लागि सहायता कक्ष स्थापना « Khabarhub

विपद् प्रतिकार्यका लागि सहायता कक्ष स्थापना


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

खोटाङ– मनसुनजन्य विपद् न्यूनीकरण एवं प्रतिकार्यका लागि खोटाङमा जिल्ला विपद् सहायता कक्ष स्थापना गरिएको छ । सम्भावित घटनाका पीडितको उद्धार र राहत वितरण प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय परिसरमा विपद् सहायता कक्ष स्थापना गरिएको हो ।

मनसुनजन्य विपद्मा परेकाको उद्धार र राहत वितरण प्रभावकारी बनाउन सहायता कक्षको भूमिका महत्वपूर्ण हुने जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । 

‘विपद् प्रतिकार्यका लागि समन्वय तथा सहजीकरण गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति बनाइएको छ । यो समितिले विपद्मा परेकाको उद्धार र राहत वितरण प्रभावकारी तथा व्यवस्थित गर्न भूमिका खेल्छ’, उनले भने ।  

जिल्ला विपद् व्यवस्थापन समितिले सबै स्थानीय तहहरूमा स्थानीय विपद् सहायता कक्ष स्थापना गरी सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ । मनसुन अवधिभर विपद् प्रतिकार्य, राहत वितरण र उद्धारका लागि सम्बन्धित निकाय, सरोकार भएका सबै पक्षलाई तयारी अवस्थामा राख्ने निर्णय गरिएको संयोजक कार्कीले जानकारी दिए ।

मुख्य राजमार्ग बाढीपहिरोको कारण अवरुद्ध हुन सक्ने हुँदा सम्बन्धित सडक आयोजनालाई सडक अवरुद्ध हुनासाथ तत्काल सञ्चालनमा ल्याउन तथा स्थानीय सडक सञ्चालन हुने अवस्थामा राख्न स्थानीय तहहरुलाई अनुरोध गरिएको छ । 

जिल्लामा हुनसक्ने मनसुनजन्य सम्भावित विपद्का घटनालाई मध्यनजर गर्दै जिल्ला अस्पताल, जिल्ला आयुर्वेद अस्पताल, स्थानीय तहका अस्पताल तथा स्वास्थ्यचौकीलाई विपद्जन्य उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको समितिले जनाएको छ । 

दश स्थानीय तह रहेको जिल्लामा मनसुनजन्य विपद्अन्तर्गत बाढीबाट ८५ घरधुरीका तीन सय २० र पहिरोबाट चार सय ३९ घरधुरीका एक हजार सात सय ६१ जना उच्च जोखिममा रहेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालयले विपद्जन्य घटना आइपरेमा तत्काल उद्धार गरेर राख्न सकिने सुरक्षित ठाउँसमेत पहिचान गरेको छ । 

जिल्लामा रहेका विद्यालय तथा सार्वजनिक भवनमा छ हजार आठ सय ५५ जनालाई राख्न सकिने जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए । केही दिनदेखि लगातार वर्षा भए पनि जिल्लामा अहिलेसम्म ठूलो घटना घटेको छैन ।

 अविरल वर्षाले ग्रामीण सडक अवरुद्ध छन् । ग्रामीण सडक अवरुद्ध भएपछि जिल्लाका स्थानीय तहहरू राष्ट्रिय सडक सञ्जालबाट विच्छेद भएका छन् । स्थानीय तहसँग जोडिएको सबै ग्रामीण सडक अहिलेसम्म कच्ची भएकोले समस्या भएको यातायात व्यवसायीको भनाइ छ । 

सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडक पनि अवरुद्ध छ । राजधानी काठमाडौँ जोड्ने मध्यपहाडी लोममार्ग भने सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

 मध्यपहाडी लोकमार्गको ठाउँठाउँमा झरेको पहिरोले केही समय अवरुद्ध भए पनि अहिलेसम्म पूर्णरुपमा अवरुद्ध नभएको प्रनाउ खड्काले जानकारी दिए। 

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ७ : ३१ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी