धेरै रिसाउँदा हुनसक्छ यस्तो हानी « Khabarhub

धेरै रिसाउँदा हुनसक्छ यस्तो हानी


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


23.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महात्मा गान्धीले भनेका छन्, रिस एक क्षणको पागलपन हो । कुनै कुरामा चित्त नबुझ्दा मानिसलाई रिस उठ्छ । रिस एक प्राकृतिक प्रतिक्रिया पनि हो जसले केही कुरा ठीक छैन भन्ने संकेत गर्छ । आफूले सोचेको जस्तो भएन भने वा अरूबाट आफूले चाहेजस्तो व्यवहार पाइएन भने कुनै पनि व्यक्तिलाई रिस उठ्छ । रिस मानिसको सबैभन्दा ठुलो शत्रु हो । यसैले कैयौँ सम्बन्धहरू टुटेका छन् । त्यसैले रिसलाई सही समयमै नियन्त्रणमा लिन आवश्यक हुन्छ ।

रिसले केवल परिवार, साथीभाइ र आफन्तमा मात्र नभई समाज र स्वयम् व्यक्तिलाई पनि असर गर्दछ । यस अलावा व्यक्तिको स्वास्थ्यमा पनि ठुलो प्रभाव पार्दछ । रिसाउँदा शरीरमा पर्ने असरहरू निम्न छन् ।

– रिसाउँदा मस्तिष्कमा बन्ने रासायनिक तत्त्वले शरीर तथा मस्तिष्कमा असर पार्दछ ।

– रिसाउँदा आँखा रातो हुन्छ, अनि मुटुमा पनि जलन पैदा हुन्छ ।

– रिसले मानिसको ब्लडप्रेशर उच्च पार्छ

– रिसाउँदा मानिसमा आक्रामक भावना उत्पन्न हुन्छ, जो नियन्त्रण नभए घातक हुनसक्छ ।

– यसले सोच–विचारको शक्ति कमजोर हुन्छ ।

– रिसले मानिसमा तनाव बढाउँछ ।

– लगातार रिसाउँदा पाचन प्रणालीमा पनि नराम्रो असर पार्दछ ।

–रिसाउँदा पाचन तन्त्र कमजोर हुन्छ साथै एसिडिटी, कब्जियत, भोक नलाग्ने समस्या हुन्छ ।

– रिसले मानिसमा अनिन्द्राको समस्या निम्त्याउँछ ।

– सबैभन्दा महत्त्वपूर्ण, रिसाउने मानिसको आयु कम हुन्छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ७ : ४० बजे

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६