समाजवादी मोर्चा पुनर्गठनबारे नेताहरुबीच छलफल « Khabarhub

समाजवादी मोर्चा पुनर्गठनबारे नेताहरुबीच छलफल


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


909
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चाको पुनर्गठनबारे छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपासहितका दलका शिर्ष नेताहरुको बैठकले समाजवादी मोर्चालाई पुनर्गठन गर्ने बारेमा छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।

आज पुनर्गठनको लागि प्रारम्भिक छलफल भएको र नेताहरुले थप गृहकार्य गरेर अर्को बैठक बस्दा पुनर्गठन हुने उनले बताए ।

सत्ताबाट बाहिरिने निश्चित भएर प्रतिपक्षमा बस्नुपर्ने भएपछि प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चालाई सक्रिय बनाउन लागेका हुन् । यस अघि जसपा बिभाजन भएदेखि नै समाजवादी मोर्चा निष्क्रिय प्रायस् रहेको थियो ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, र सम्मानित नेता झलनाथ खनाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव सहभागी थिए ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ८ : १९ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७