जङ्गली जनावरको आक्रमणबाट मृत्युभएका परिवारलाई १० लाख राहत | Khabarhub Khabarhub

जङ्गली जनावरको आक्रमणबाट मृत्युभएका परिवारलाई १० लाख राहत


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

अछाम – जङ्गली जनावर बँदेलको आक्रमणबाट मृत्युभएका यहाँका एक पीडित परिवारलाई राहत रकम प्रदान गरिएको छ ।

तुर्माखाद गाउँपालिका–३ का २९ वर्षीया दिलादेवी बयकको विसं २०८० साउन ३२ गते खेतबारीमा काम गरेर घर फर्किने बेला जङ्गली जनावर बँदेलको आक्रमणबाट मृत्यु भएको थियो ।

आज एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल र डिभिजन वन कार्यालयका प्रमुख जनक पाध्यायले मृतक बयकका श्रीमान् बलबहादुर बयकलाई रु १० लाखको चेक हस्तान्तरण गरे ।

जिल्लामा जङ्गली जनावरले गरेको क्षतिवापत पीडितलाई रु ६७ लाख रकम प्रदान गर्नुपर्नेछ तर जङ्गली जनावरको आक्रमणबाट मृत्युभएका एकजनाका परिवार र घाइते ११ जनालाई चालु आर्थिक वर्षमा रु १६ लाख राहत रकम उपलब्ध गराइएको डिभिजन वन कार्यालय प्रमुख पाध्यायले जानकारी दिए।

अन्य घाइते, मृतक र जङ्गली जनावरले क्षति पुर्‍याएका किसानको राहत रकम अर्को आर्थिक वर्षमा उपलब्ध गराइने उनले बताए ।

अन्नबालीमा चार सय १३ जना किसानको रु १७ लाख ६४ हजार आठ सय, पशुधनतर्फ ७७ जना किसानको रु २८ लाख रकम राहत दिन बाँकी छ । आव २०७८/७९ देखि हालसम्म जङ्गली जनावरको आक्रमणबाट अछाममा दुईजनाको र १९ जना घाइते भएका छन् ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  १० : २८ बजे

राप्ती र नारायणी नदीमा तीन सय बाउन्न घडियाल गोही भेटिए

चितवन– राप्ती र नारायणी नदीमा तीन सय ५२ वटा घडियाल

ऊर्जा क्षेत्रमा लगानी गर्न बैंक हच्किँदै – विदेशी कम्पनीप्रति नरम, नेपालीप्रति गरम !

काठमाडौं – नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा यतिखेर करिब ३५ सय

सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतकहरू छलफलमा 

काठमाडौं– संसदीय काम कारबाहीका सम्बन्धमा प्रमुख सचेतकहरूले सिंहदरबारमा छलफल गरेका

चीन : भू-उपग्रहमार्फत १.५० लाख किमी टाढा रहेका बिरामीको सफल शल्यक्रिया

बेइजिङ– चीनले हालै उपग्रह र रोबोटको प्रयोग गरेर १.५ लाख

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । आज नेपाल