भारतीय प्रधानमन्त्री मोदी एक दिने अष्ट्रिया भ्रमणमा | Khabarhub Khabarhub

भारतीय प्रधानमन्त्री मोदी एक दिने अष्ट्रिया भ्रमणमा


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

भियना – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रूसको दुई दिने भ्रमण समाप्त गर्दै बुधबार अस्ट्रिया पुगेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले पहिलो पटक अस्ट्रियाको भ्रमण गरेका हुन् । सन् १९८३ मा इन्दिरा गान्धी अष्ट्रियाको भ्रमण गरेका थिए । यसअघि उनी नै भारतबाट अष्ट्रिया भ्रमण गर्ने अन्तिम भारतीय प्रधानमन्त्री थिए ।

प्रधानमन्त्री मोदीले भियनामा अवतरण गरेको घोषणा गर्दै सामाजिक सञ्जाल एक्समा यो यात्रा ‘विशेष’ रहेको बताएका छन् ।

यसबाहेक, प्रधानमन्त्री मोदीले अस्ट्रियाका चान्सलर कार्ल नेहम्मर र अस्ट्रियामा बसोबास गर्ने भारतीय समुदायसँग उच्चस्तरीय वार्ता र अन्तरक्रियासहित आफ्नो भ्रमणको क्रममा आयोजना गरिएका विभिन्न कार्यक्रमहरूप्रति उत्साह व्यक्त गरेका छन् ।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल एक्समार्फत अस्ट्रियाको पहिलो द्विपक्षीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदीलाई अस्ट्रियाका विदेश मन्त्री अलेक्जान्डर शालेनबर्गले उनलाई स्वागत गरेका थिए ।

“दुई देशले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वार्षिकोत्सव मनाउँदै गर्दा यो महत्त्वपूर्ण भ्रमणले दुई देशको सम्बन्धमा नयाँ गति थप्नेछ,” रणधीर जयसवालले एक्समार्फत बताए । यसअघि, प्रधानमन्त्री मोदीले आफ्नो आधिकारिक भ्रमण तालिकाअनुसार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका थिए ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  १० : ५५ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले