गठबन्धनमा देखिएका विमतिबारे कांग्रेस-एमाले बोल्नुपर्छ : विश्वप्रकाश शर्मा « Khabarhub

गठबन्धनमा देखिएका विमतिबारे कांग्रेस-एमाले बोल्नुपर्छ : विश्वप्रकाश शर्मा


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धनमा देखिएका विमतिको बारेमा बोल्नुपर्ने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा बोल्दै उनले कांग्रेस र एमालेबीचको विमतिहरूमा बोल्नुपर्ने बताए । 

उनले भने, ‘हामीले चुप लाग्नको लागि बनाएको गठबन्धन होइन। यो गठबन्धन विमतिका बीचमा सहमति गरेर बनाएका छौँ। त्यसैले बोल्नुपर्छ ।’ 

 उनले सरकारको काम र गतिविधिलाई कांग्रेसले गम्भीरताका साथ हेर्ने बताए। उनले यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसले चुनावी गठबन्धन नगर्ने निर्णय नगर्ने महासमितिले भनेपछि सहकार्य तोडेको सुनाए।

उनले अगाडि भने, ‘अहिले पनि कांग्रेस र एमालेबीच भएको विमतिहरूलाई हामीले तिलाञ्जलि दियौँ, जबरजस्ती छोप्न खोज्यौँ भने दुर्घटना हुन्छ। एमालेसँगको विमतिलाई हामीले बुझ्नुपर्छ एमालेसँगको कतिपय दृष्टिकोणमा हामी सहमत छौँ। हाम्रो पार्टी, विचार नै फरक हो फरक, विगमतका विमतिका विषयमा बोल्दै गर्दा गठबन्धन भत्किन्छ। केपी कमरेडलाई अप्ठ्यारो होला भनेर कांग्रेसले सोच्नुपर्ने, एमालेकाले बोल्दा शेरबहादुर देउवालाई पर्ला बनेर चुप लाग्नुपर्ने, हामीले चुप लाग्नको लागि बनाएको गठबन्धन होइन। यो गठबन्धन विमतिका बीचमा सहमति गरेर बनाएका छौँ। कांग्रेसको महासमिति बैठक सकिएको दुई साताभित्रै कांग्रेस र माओवादीको गठबन्धन टुट्यो। त्यस बेला तत्कालीन प्रधानमन्त्रीले भन्नुभयो कांग्रेसले आगामी निर्वाचनमा एक्लै लड्ने, गठबन्धन कसरी हुन्छ भन्नुभयो। त्यस बेलामा उहाँले विश्वासको मत माग्दा हामीले नदिँदै गर्दा हामीले भनेका थियौँ तपाईँले गम्भीर गल्ती गर्नुभयो, कांग्रेसले पार्टीले आफ्नो दस्ताबेजमा के लेख्ने भन्ने कुरा तपाईँलाई सोधेर लेख्दैन भनेर।’

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  १ : २० बजे

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,