मनमोहन अस्पतालको छतबाट हाम फालेका युवाको मृत्यु « Khabarhub

मनमोहन अस्पतालको छतबाट हाम फालेका युवाको मृत्यु


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँको महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको छतबाट  हाम फालेका एक युवाको आज मृत्यु भएको छ । 

प्रहरी वृत्त महाराजगञ्जका अनुसार अस्पतालको छैटौँ तलामा रहेको एस क्याफे रहेको स्थानबाट हाल्फालेका गोकर्णेश्वर नगरपालिका–४ का २१ वर्षीय स्वरुपराज आचार्यको मृत्यु भएको हो ।

महाराजगञ्जका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले उनी क्याफेमा कफी पिएर बसेका र केहीबेरमा हाम्फालेका पाइएको जानकारी दिए । उनी त्यहाँ बेलाबेलामा कफी पिउन आउने गरेका पनि बताइएको छ ।

घटना अपराह्न ३ः०० बजेतिर भएको र घटनापछि गम्भीर घाइते भएका उनको सोही अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् । उनी अस्पतालमा बिरामी वा बिरामीका आफन्तसमेत नभएको पाइएको छ ।

-राससबाट

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ७ : ४५ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ