मनमोहन अस्पतालको छतबाट हाम फालेका युवाको मृत्यु | Khabarhub Khabarhub

मनमोहन अस्पतालको छतबाट हाम फालेका युवाको मृत्यु


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं काठमाडौँको महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको छतबाट  हाम फालेका एक युवाको आज मृत्यु भएको छ । 

प्रहरी वृत्त महाराजगञ्जका अनुसार अस्पतालको छैटौँ तलामा रहेको एस क्याफे रहेको स्थानबाट हाल्फालेका गोकर्णेश्वर नगरपालिका–४ का २१ वर्षीय स्वरुपराज आचार्यको मृत्यु भएको हो ।

महाराजगञ्जका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले उनी क्याफेमा कफी पिएर बसेका र केहीबेरमा हाम्फालेका पाइएको जानकारी दिए । उनी त्यहाँ बेलाबेलामा कफी पिउन आउने गरेका पनि बताइएको छ ।

घटना अपराह्न ३ः०० बजेतिर भएको र घटनापछि गम्भीर घाइते भएका उनको सोही अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् । उनी अस्पतालमा बिरामी वा बिरामीका आफन्तसमेत नभएको पाइएको छ ।

-राससबाट

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ७ : ४५ बजे

आत्महत्या : कथन परिवर्तन गरौं

काठमाडौं- घरमा बुवाआमाको दैनिक झगडा  र कचकच देखेर विचलित भएकी

बाँकेमा ‘जापनिज इन्सेफ्लाइटिस’पुष्टि : बिरामीको अवस्था सामान्य

नेपालगञ्ज – बाँकेको नरैनापुर गाउँपालिकामा जापनिज इन्सेफ्लाइटिसको बिरामी फेलापरेको छ।

आरनमा रुचि भएन, संस्कृत पढें : आचार्य लेखबहादुर विश्वकर्मा

काठमाडौं- आचार्य लेखबहादुर विश्वकर्मा देशकै सर्वाधिक जेठो दरबार हाईस्कुलमा संस्कृत

पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो

काठमाडौं – सोमबार साँझ अवरुद्ध भएको पृथ्वीरामार्गको धादिङ खण्ड मध्यरातदेखि

हिमाली गोठाला : जसले एक्लै हेर्नुपर्छ सयौं भेडा र च्याङ्ग्रा

म्याग्दी – सुन्तला रङको बाक्लो ज्याकेटमाथि मुस्किलले पानी छेक्ने पहेँलो