राष्ट्रसङ्घका प्रतिवेदकद्वारा इजरायलमाथि ‘नरसंहार’ को आरोप « Khabarhub

राष्ट्रसङ्घका प्रतिवेदकद्वारा इजरायलमाथि ‘नरसंहार’ को आरोप


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायलले शनिबार एक विद्यालयलाई लक्षित गरी गरेको हवाई आक्रमणपछि संयुक्त राष्ट्रसङ्घद्वारा नियुक्त एक  मानवअधिकार विज्ञले गाजा युद्धमा इजरायलले व्यापक ‘नरसंहार’ गरेको आरोप लगाएका छन् ।  सो आक्रमणमा ९३ जनाको मृत्यु भएको छ ।

“इजरायलले एउटा अस्पताल, विद्यालय र शरणार्थी शिविरमा आक्रमण गर्दा ठूलो मानवीय क्षति भएको र अधिकांश महिला बालबालिका र सर्वसाधारण हताहत भएका छन्,” प्यालेस्टिनी भूभागमा अधिकारको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिवेदक फ्रान्सेस्का अल्बानीजले सामाजिक सञ्जाल एक्समा भने। 

इजरायलले ‘अमेरिकी र युरोपेली हतियार’ प्रयोग गरेर प्यालेस्टिनीविरुद्ध यस्तो आक्रमण गरिरहेको अल्बानीसले बताए । 

उनले भने, “प्यालेस्टिनीहरूले उनीहरूको रक्षाका लागि अधिकारवादी समूहले खेल्नुपर्ने भूमिकामा सामूहिक अक्षमताका लागि हामीलाई क्षमा गरून् ।” 

गत मार्चमा जारी गरिएको एक रिपोर्टमा अल्बानीजले गाजामा इजरायलले आफ्नो युद्धमा ‘नरसंहार’ का थुप्रै कार्यहरू गरेको पुष्टि गर्ने ‘उचित आधार’ रहेको बताएका थिए । 

लामो समयदेखि अल्बानीज र उहाँको जिम्मेवारीको अत्यधिक आलोचना गर्दै आएको इजरायलले रिपोर्टलाई ‘वास्तविकतालाई छायाँ पार्ने काम’ का रूपमा निन्दा गर्दै आएको छ । 

इजरायलमा अक्टोबर ७ मा हमास समूहले गरेको आक्रमणको बदलामा गाजापट्टीमा १० महिना लामो सैन्य कारबाही चलाउँदै आएको इजरायलमाथि हमासले गरेको आक्रमणको पनि उनले निन्दा गर्दै आएका छन्  । 

विशेष दूतहरू संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार परिषद्वारा नियुक्त भएका स्वतन्त्र पर्यवेक्षक हुन् । 

यसैबीच, इराकका शीर्ष शिया मुस्लिम धर्मगुरु ग्रान्ड अयातुल्लाह अली सिस्तानीले इराननिकट दुई लडाकू नेताको हत्यापछि क्षेत्रीय तनाव र सम्भावित ‘विनाशकारी परिणाम’ को जोखिम रहेको शनिबार बताए । 

सिस्तानीले गाजामा जारी ‘नरसंहार’  र युद्ध अन्त्य गर्न पनि आग्रह गरेका छन्। उनको यो भनाइ शनिबार विस्थापित प्यालेस्टिनीहरूको एक विद्यालयमा भएको हवाई आक्रमणमा ९० जनाभन्दा बढीको मृत्यु भएपछि आएको हो । 

दुर्लभरूपमा राजनीतिक गतिविधिबारे अभिव्यक्ति दिनुहुने इस्लामिक धर्मगुरु सिस्तानीले एक सन्देश जारी गर्दै भने, ‘गाजामा जारी अपराधको शृङ्खलामा फेरि एउटा निन्दनीय घटना थपिएको छ । इजरायली सेनाले गाजामा ठूलो नरसंहार गरेको छ ।’ 

उनले हमास र हिजबुल्लाह समूहका शीर्ष नेताहरूको हालैको हत्याले ‘ठूलो भिडन्त’ को खतरा बढाएको र यसले यस क्षेत्रका लागि ‘विनाशकारी परिणाम’ निम्त्याउन सक्ने चेतावनी दिएका हुन् । 

‘हामी फेरि एकपटक विश्वलाई यस भयानक क्रूरताविरुद्ध उभिन आह्वान गर्दछौं’, सिस्तानीले भने, ‘गाजामा नरसंहार युद्धको अन्त्यका लागि दबाब दिन मुसलमानहरूलाई एकजुट हुन हामी आग्रह गर्दछौँ ।’

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ८ : ०१ बजे

परराष्ट्र मन्त्रालय भन्छ : ताइवान चीनको अविभाज्य अंग

काठमाडौं – परराष्ट्र मन्त्रालयले नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव सफलतापूर्वक

रचना रिमाल र म्याक्स बाबुको स्वरमा ‘लाग्छ सरमै’ सार्वजनिक

काठमाडौं – अष्ट्रेलियाको सिड्नीमा उद्यमी तथा समाजसेवीका रूपमा परिचित महेश

शृङ्खलाबद्ध हत्या तथा लुटपाट गर्ने गिरोहका चार जना पक्राउ

काठमाडौं – शृङ्खलाबद्ध हत्या तथा लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ

बालेन रास्वपाको ‘वरिष्ठ नेता’, को–को बने केन्द्रीय सदस्य ? (सूचीसहित)

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) राष्ट्रिय स्वतन्त्र

साउदी अरब नेतृत्वको आक्रमणबाट यमनमा कम्तीमा ८० पृथकतावादीको मृत्यु

एडेन, यमन – यमनको पृथकतावादी दक्षिणी सङ्क्रमणकालीन परिषद् (एसटिसी)का कम्तिमा