माओवादीको प्राथमिकतामा मुलुकको समृद्धिः वर्षमान पुन « Khabarhub

माओवादीको प्राथमिकतामा मुलुकको समृद्धिः वर्षमान पुन


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले आफूहरूको प्राथमिकतामा नेपाली जनताको एजेण्डा र मुलुकको समृद्धि रहेको बताएका छन् ।

पार्टी सम्बद्ध काठमाडौं–रोशी गाउँपालिका (काभ्रे) सम्पर्क समितिको पालिका भेलालाई आज यहाँ सम्बोधन गर्दै उनले भने, “सरकारका लागि हामीलाई कुनै हतारो छैन । कुनै अप्ठेरो पनि छैन ।”

उपमहासचिव पुनले पार्टीले सरकारमा रहेर सुरु गरिएको भ्रष्टाचार, अनियमितता र राज्य दोहनविरुद्धको सङ्घर्षलाई संसद् र सडकसम्म विस्तार गर्ने बताए ।

उनले एक वर्षमा न्यूनतम शुल्क तिर्न नसक्ने एक लाख ८० हजार घरेलु ग्राहकको ६० दिनपछि विद्युत् काट्ने गरिएको भन्दै डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत् उपयोग गरेर व्यवसायीले रु आठ अर्ब तिर्दिनँ भन्न नपाउने उनको भनाइ छ ।

कार्यक्रममा सो पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य सूर्यमान दोङ तामाङलगायतका नेताले जनअधिकारको संरक्षणका लागि पार्टीपङ्क्ति जनताको साथमा अगाडि बढ्ने बताए ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ९ : ४८ बजे

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड

पुर्जी बिना पत्रकारमाथि गरिएको धरपकडप्रति काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर सादा पोसाकका

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा