मैले सहकारी ठगी गरेको भन्ने समाचार भ्रामक : कांग्रेस उपसभापति गुरुङ « Khabarhub

मैले सहकारी ठगी गरेको भन्ने समाचार भ्रामक : कांग्रेस उपसभापति गुरुङ


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूले सहकारी संस्थाको बचत रकम ठगी र हिनामिना नगरेको बताएका छन्।

विभिन्न सञ्चार माध्यममा आफ्नाबारे प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै उनले विज्ञप्तिमाफृत् समाचारप्रति आपत्ति जनाएका हुन्।

सोमबार साँझ विज्ञप्ति सार्वजनिक गर्दै उपसभापति गुरुङले भनेका छन्, ‘अनर्गल, असत्य, भ्रामक, कपोलकल्पित समाचारका पछाडि नलाग्न सर्वप्रथम म आम नेपाली जनता, शुभचिन्तक तथा पार्टीका केन्द्रदेखि वडा तह र विदेशस्थित सम्पूर्ण साथीहरूमा हार्दिक अपिल गर्न चाहन्छु।’

उनले श्रीमतीले सहकारीमा काम गरेको र श्रीमतीसँग डिभोर्स भइसकेकाले यो विषयमा आफ्नो नाम जोडिनु गलत भएको दाबी गरेका हुन्। विज्ञप्तिमा गुरुङले भनेका छन्, ‘तत्कालीन मेरी श्रीमती ज्योती गुरूङ महालक्ष्मीस्थान ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थामा प्रबन्धकका रूपमा कार्यरत थिइन्। निज उक्त सहकारीमा रहँदा भएको हरहिसाब लगायत अपचलनबारे मलाई जानकारी हुने विषय भएन। जहाँसम्म मैले सहकारीमा रकम अपचलन, ठगी गरेको भन्नेबारे जे जस्ता भ्रामक समाचार सम्प्रेषित भएका छन्, त्यसप्रति मेरो गम्भीर आपत्ति छ। साथै निज ज्योतीजीसँग २०७६ फागुन २९ गते जिल्ला अदालत ललितपुरमा सम्बन्ध विच्छेद भइसकेकाले, ज्योतीजीसँग उक्त मितिदेखि कुनै किसिमको सम्बन्ध नभएको समेत जानकारी गराउँछु।’

उनले सहकारी अपचलनबारे छानबिन गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षणसमेत गराएका छन्। उनले थप भनेका छन्, ‘सहकारीका हजारौं बचतकर्ताको करोडौं रकम अपचलन भएको भन्ने सुन्नमा आएको छ। त्यसबारे जो कसैले अपचलन वा ठगी गरेको भए पनि उक्त सहकारीका सम्बन्धमा सत्य तथ्य अनुसन्धानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै छानबिनको माग गर्न चाहन्छु।’

यो पनि पढ्नुहोस्

सहकारी ठगी आरोप लागेपछि धनराजको गुनासो, ‘मेरो घरबार पनि कुम्भराजले बिगारे’

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ६ : ०२ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।