पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो « Khabarhub

पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो


२५ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सोमबार साँझ अवरुद्ध भएको पृथ्वीरामार्गको धादिङ खण्ड मध्यरातदेखि खुलेको छ। धादिङको धुनिबेसी नगरपालिका–९ मा भारी वर्षापछि झरेको लेदोसहितको पहिरोले राजमार्ग साँझ ६ बजेदेखि राति १ बजेसम्म अवरुद्ध भएको थियो।

प्रहरी प्रभाग नागढुंगाका प्रमुख प्रहरी निरीक्षक हेमकुमार थपलियाका अनुसार राति साढे ११ बजे एकतर्फी र साढे १ बजे दुईतर्फी बाटो खुला भएको हो।

भारी वर्षापछि आएको लेदोसहितको पहिरोले राजमार्ग छोपिँदा केही सवारी साधनमा सामान्य क्षति हुनुबाहेक अन्य कुनै ठुलो दुर्घटना नभएको थपलियाले जानकारी दिएका छन्।

केही घण्टा सडक अवरुद्ध हुँदा राजधानी भित्रने र बाहिरिने सयौं सवारीसाधन रोकिएका थिए। मध्यरातमा सडक खुलेसँगै अहिले सवारी आवतजावत सामान्य भएको थपलियाको भनाइ छ।

यो पनि पढ्नुहोस्
सुरुङमार्ग नजिकै पहिरो, काठमाडौं आइरहेको गाडी आधा पुरियो

प्रकाशित मिति : २५ भदौ २०८१, मंगलबार  ७ : २२ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर