आफूलाई कारबाही गरेर देखाउन एमाले नेता भीम रावलको चुनौती « Khabarhub

आफूलाई कारबाही गरेर देखाउन एमाले नेता भीम रावलको चुनौती


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावलले आफूलाई कार्वाही गरेर देखाउन चुनौती दिएका छन् ।

गृहजिल्ला अछाम पुगेका नेता रावलले मंगलबार साँफेबगरमा प्रेस चौतारी नेपाल अछामले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै ‘आफूलाई कारबाही गरेर देखाउन पार्टी नेतृत्वलाई चुनौती दिएका हुन् ।

देश, जनता र पार्टीले लिएको नीतिको पक्षमा आफू दृढतापूर्वक खडा भएको केही मानिसहरुलाई बिझाइरहेको नेता रावलको टिप्पणी छ । त्यस्ता पात्र र प्रवृतिलाई चुनौती दिन आफू सक्षम रहेको उनले दाबी गरे।

‘देश र जनताको पक्षमा लाग्दा आउन सक्ने व्यवधानका विषयमा आफू जानकार रहेको र आफ्नो अडानमा अविचलित रहेको उनले बताए । त्यसै अनुसार चल्न एमालेका पार्टी नेता तथा कार्यकर्तालाई उनले निर्देशनसमेत दिए।

पार्टी विचारशून्य अवस्थामा पुगेको भन्दै नेता रावलले ‘आफूले पार्टीको विधि,विधान र सिध्दान्तको पक्षमा बोल्दै आएकोतर्फ एमाले नेता कार्यकर्ताको ध्यानाकर्षणसमेत गराए।

एमालेबाट कारबाहीको तयारी भइरहेको भन्ने सुनिन्छ नि भन्ने पत्रकारको प्रश्नमा रावलले भने, ‘पार्टीको सिध्दान्तलाई जोगाउनुपर्छ, विधि विधानअनुसार पार्टी चल्नुपर्छ भन्ने मत राखेकै कारण आफूलाई कारबाही गरिन्छ भने त्यो गरेर देखाउन ठाडो चुनौती दिन्छु । पार्टीले चुनौतीको सामना गरे त्यसपछिको कदम त्यसपछि चालौँला ।’

रावलले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने हल्लामा सत्यता नरहेको बताउँदै कार्यकर्ताको जनचाहाना र सुझाव अनुसार अघि बढ्ने उल्लेख गरे ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  १० : ३८ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।