आफूलाई कारबाही गरेर देखाउन एमाले नेता भीम रावलको चुनौती « Khabarhub

आफूलाई कारबाही गरेर देखाउन एमाले नेता भीम रावलको चुनौती


२५ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावलले आफूलाई कार्वाही गरेर देखाउन चुनौती दिएका छन् ।

गृहजिल्ला अछाम पुगेका नेता रावलले मंगलबार साँफेबगरमा प्रेस चौतारी नेपाल अछामले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै ‘आफूलाई कारबाही गरेर देखाउन पार्टी नेतृत्वलाई चुनौती दिएका हुन् ।

देश, जनता र पार्टीले लिएको नीतिको पक्षमा आफू दृढतापूर्वक खडा भएको केही मानिसहरुलाई बिझाइरहेको नेता रावलको टिप्पणी छ । त्यस्ता पात्र र प्रवृतिलाई चुनौती दिन आफू सक्षम रहेको उनले दाबी गरे।

‘देश र जनताको पक्षमा लाग्दा आउन सक्ने व्यवधानका विषयमा आफू जानकार रहेको र आफ्नो अडानमा अविचलित रहेको उनले बताए । त्यसै अनुसार चल्न एमालेका पार्टी नेता तथा कार्यकर्तालाई उनले निर्देशनसमेत दिए।

पार्टी विचारशून्य अवस्थामा पुगेको भन्दै नेता रावलले ‘आफूले पार्टीको विधि,विधान र सिध्दान्तको पक्षमा बोल्दै आएकोतर्फ एमाले नेता कार्यकर्ताको ध्यानाकर्षणसमेत गराए।

एमालेबाट कारबाहीको तयारी भइरहेको भन्ने सुनिन्छ नि भन्ने पत्रकारको प्रश्नमा रावलले भने, ‘पार्टीको सिध्दान्तलाई जोगाउनुपर्छ, विधि विधानअनुसार पार्टी चल्नुपर्छ भन्ने मत राखेकै कारण आफूलाई कारबाही गरिन्छ भने त्यो गरेर देखाउन ठाडो चुनौती दिन्छु । पार्टीले चुनौतीको सामना गरे त्यसपछिको कदम त्यसपछि चालौँला ।’

रावलले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने हल्लामा सत्यता नरहेको बताउँदै कार्यकर्ताको जनचाहाना र सुझाव अनुसार अघि बढ्ने उल्लेख गरे ।

प्रकाशित मिति : २५ भदौ २०८१, मंगलबार  १० : ३८ बजे

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का