गङ्गालालमा राष्ट्रिय खेलाडीहरूको स्वास्थ्य परीक्षण निःशुल्क  « Khabarhub

गङ्गालालमा राष्ट्रिय खेलाडीहरूको स्वास्थ्य परीक्षण निःशुल्क 


२५ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरूको स्वास्थ्य परीक्षण सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ ।

कार्यक्रमको प्यारा ओलम्पिकमा कांस्य पदक विजेता पलेसा गोवर्द्धनको स्वास्थ्य परीक्षणबाट आज परीक्षणको सुरुवात गरिएको हो । देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीहरूको मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षणसम्बन्धी सम्झौता गरिएको थियो ।

गत साउन २७ गते आफ्नो स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले देशका लागि खेल्ने खेलाडीहरूको स्वास्थ्य परीक्षण आवश्यक व्यवस्था गर्ने बताएका थिए ।

मन्त्री पौडेल र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा मन्त्रालय, युवा तथा खेलकुद राष्ट्रिय खेलकुद परिषद् राखेप र अस्पतालका बिच खेलाडीको मुटु परीक्षण हरेक वर्ष निःशुल्क गर्ने सम्झौता गरिएको हो ।

यो घोषणाबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा देशका तर्फबाट सहभागी राष्ट्रिय टिमका ७ सय ५७ खेलाडी लाभान्वित हुनेछन् ।

प्रकाशित मिति : २५ भदौ २०८१, मंगलबार  १२ : ०७ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको