‘ललितपुर महानगर स्वास्थ्य क्षेत्रमा मुलुककै अग्रणी बन्न सक्छ’ « Khabarhub

‘ललितपुर महानगर स्वास्थ्य क्षेत्रमा मुलुककै अग्रणी बन्न सक्छ’


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

 पाटन– ललितपुर महानगर स्वास्थ्य क्षेत्रमा मुलुककै अग्रणी महानगर बन्न सक्ने महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताएका छन्।

ललितपुर महानगर– १४ स्थित ताल्चिखेलमा आज स्वस्तिक अस्पतालको उद्‌घाटन गर्दै प्रमुख महर्जनले दुई वर्ष अगाडि स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै नेपाल नगरपालिका सङ्घले पुरस्कृत गरेको स्मरण गराए। उनले उक्त पुरस्कारको गरिमा राख्दै स्वास्थ्य क्षेत्रमा मुलुककै अग्रणी महानगर बन्न सक्ने बताएका हुन् ।

‘ललितपुर महानगर स्वास्थ्य क्षेत्रमा कमजोर छैन, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत वर्ष लिजा (स्थानीय तह संस्थागत स्वमूल्याङ्कन) मा देशभरकै उत्कृष्ट स्थानीय तहका रुपमा घोषित गरेको छ । धेरै क्षेत्रमा देशभरका महानगरमध्ये उत्कृष्ट बन्न सफल भएको छ,’ उनले भने, ‘मलाई विश्वास छ, अस्पतालले यस भेगमा उत्कृष्ट सेवा प्रदान गर्ने छ ।’

प्रमुख महर्जनले विगत डेढ वर्षदेखि सेवा प्रदान गर्दै आएको यस अस्पतालले सेवा प्रवाहमा कुनै कसर नराख्नेमा विश्वस्त रहेको बताए। उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले यस अस्पतालले प्रवाह गर्ने सेवा सर्वसुलभ र गुणस्तरीय भएकाले नागरिकको अपेक्षा सम्बोधन हुने विश्वास व्यक्त गरे । 

स्वास्थ्य मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव दिपेन्द्ररमण सिंहले सरकारी तहबाट समुदायस्तरमा स्वास्थ्य सेवा सहज रुपमा पुर्‍याउन चुनौती भइरहेको अवस्थामा यस्ता अस्पताल सुरु हुनु महत्वपूर्ण भएको बताए। उनले स्थानीय सरकारसँगको साझेदारीमा स्वास्थ्य सेवा प्रवाह गर्दै समुदायको अपनत्व हुने गरी सेवा प्रवाह गर्न आग्रह गरे । 

१५ शय्या रहेको यस अस्पतालमा ३० जनाभन्दा बढी डाक्टर रहेको र आकस्मिक, बहिरङ्ग सेवालगायत सम्पूर्ण सेवा प्रदान गर्ने अस्पताल प्रशासनले जनाएको छ । वडासँगको समन्वयमा वडाका बालबालिका र ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा प्रदान गर्ने अस्पतालका निर्देशक सिबी थापाले जानकारी दिए ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  १२ : १६ बजे

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

विद्युत् पोलका कारण निर्माणको काम नरोकिने समझदारी बन्यो : मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विकास निर्माण कार्यमा

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

फिशिङ लिंकयुक्त एसएमएसप्रति सतर्क रहन दूरसञ्चार प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित तथा अनधिकृत नम्बरबाट आउने

चितवनबाट अपहरणमा परेका बालक काठमाडौंमा, पाँच भारतीय पक्राउ

काठमाडौं । चितवनबाट अपहरणमा परेका बालकको सकुशल उद्दार गरिएको छ