काठमाडौं– कुमारी बैंक र धुलिखेलस्थित दुसित ठानी हिमालयन रिसोर्टबीच कुमारी बैंकका ग्राहकहरूलाई रिसोर्टबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरूले सो रिसोर्टबाट प्रदान गरिने सेवाहरू – खाना तथा पेय पदार्थ, देवराणा वेलनेस (स्पा), स्वमिङ पूल, ज्याकूजी, स्टीम तथा सोनामा कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ सेवाबाट रकम भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् ।
यस सुविधाबाट सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत लिनेमा बैंकको विश्वास रहेको छ ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले वित्तिय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ्ग इकाइमार्फत ग्राहकलाई प्रभावकारी रुपमा सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया