दशैंका लागि असोज १३ गतेबाट सुकिला नोट साट्न सकिने  « Khabarhub

दशैंका लागि असोज १३ गतेबाट सुकिला नोट साट्न सकिने 


२५ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले असोज १३ गतेदेखि दशैँलक्षित नोट सटही सुविधा खुला गर्ने भएको छ।  

दशैंमा सर्वसाधारणका लागि नयाँ नोट बाँड्दै आएको बैंकले  यस पटक भने  सुकिला नोट मात्रै दिने गरी सटही सुविधा खुलाउन लागेको हो। चाडपर्वलक्षित नोट सटही खुला गर्ने तयारी भइसकेको राष्ट्र बैंकले जनाएको छ ।

यस पटक दशैँलक्षित नोट सटही सुविधा असोज १३ देखि २२ गतेसम्मलाई खुलाउने मिति तय भएको छ । राष्ट्र बैंकले यसअघि दशैंमा साना तथा ठूला दरका गरी प्रतिव्यक्ति १८ हजार ५ सय नयाँ नोट दिँदै आएको थियो। 

यस पटक पनि सोही परिमाणमा सुकिला नोट वितरण गरिनेछ । राष्ट्र बैंकले खर्च कटौती गर्ने उद्देश्यले यसपालिको दशैँमा नयाँ नोट नछापेर सुकिला मात्रै वितरण गर्न लागेको हो।

प्रकाशित मिति : २५ भदौ २०८१, मंगलबार  १ : ०३ बजे

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम

डिजिटल सञ्जालले बदलिँदै हुम्लीको दैनिकी

काठमाडौं– दसैँ घटस्थापनाको दिउँसो अदानचुली गाउँपालिकाको श्रीनगरमा व्यवसायी तिलकबहादुर शाहीको